default_image

4 years ago

January 13, 2020

च्यासलको सामना गर्दै एपिएफ

काठमाडौं (हाम्रो खेलकुद)– च्यासल युथ क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा दमदार सुरुवात गरेको थियो । सुरुवाती २ खेलमा १ जित र १ बराबरी निकाल्दा धेरैलाई लागेको थियो, यसपटक च्यासलले लिगमा कडा चुनौति दिनेछ । तर, त्यसपछिका दुई खेलमा भने टोलीले लगातार हार बेहो¥यो । अनि कतिलाई लाग्यो च्यासल खास दाबेदार होइन । […]

50 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– च्यासल युथ क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा दमदार सुरुवात गरेको थियो । सुरुवाती २ खेलमा १ जित र १ बराबरी निकाल्दा धेरैलाई लागेको थियो, यसपटक च्यासलले लिगमा कडा चुनौति दिनेछ ।

तर, त्यसपछिका दुई खेलमा भने टोलीले लगातार हार बेहो¥यो । अनि कतिलाई लाग्यो च्यासल खास दाबेदार होइन । पछिल्लो खेलमा भने टोलीले नेपाली पुलिस क्लबसँग २–२ को बराबरी खेल्दै लिगमा फर्केको संकेत गरेको थियो । त्यो नतिजा च्यासलका लागि दुई कारणले महत्वपूर्ण थियो ।

एक पटक टोलीले लगातार दुई खेल गुमाएकोले दबाब कम गराउन सके जित नसके कम्तीमा बराबरी गर्नुपर्ने दबाब थियो । त्यसमा टोली सफल भएको छ । अर्को कप्तान सन्तोष साहुखलमाथि लिगमा एक सयौं गोल पु¥याउने दबाब ।

पुलिसविरुद्ध दुवै गोल सन्तोषले गरे । उनी लिगमा सय गोल पुरा गर्ने पहिलो खेलाडी बने । लिगमा उनको गोल संख्या १ सय १ पुगेको छ । उनी पछाडि हाल अमेरिकामा रहेको मनाङ मस्र्याङदीका पूर्व स्टार बसन्त थापाको नाममा ८१ गोल छ ।

सुरुवाती २ खेलमा ३ गोल गरेका सन्तोषले त्यसपछिका २ खेलमा गोल गर्न सकेका थिएनन् । ९९ गोल पछि उनले तेस्रो खेलमा आएर मात्र गोल गर्न सके । उनले दुई खेलमा गोल गर्न नसक्दा उनीमाथि दबाब त थियो, नै टोलीले पनि ती दुवै खेल गुमाएको थियो ।

सन्तोषका दाजु च्यासलका प्रशिक्षक बालगोपाल साहुखललाई पनि सन्तोषको सयौ गोलको दबाब उनीसँगै टोलीमा परेको स्वीकार पनि गरेका थिए । पछिल्लो खेलमा त्यो दुवै दबाबबाट च्यासल मुक्त भएको छ । तर, टोलीको खातामा मात्र ५ अंक छ , त्यसैले टोलीमाथि राम्रो प्रदर्शनको दबाब भने यथावत छ ।

त्यो पृष्ठभूमिबाट च्यासलले लिगमा आज अर्को विभागिय टोली नेपाल एपिएफ क्लबको सामना गर्दैछ । एपिएफले पनि जारी लिगमा राम्रो गर्न सकेको छैन । ५ खेलमा टोलीले १ जित, १ बराबरी खेलेको छ भने बाँकी ३ खेलमा हार बेहोरेको छ ।

विभागिय टोली त्रिभुवन आर्मी क्लबले उच्च र पुलिसले मध्यम प्रदर्शन गरिरहँदा एपिएफले भने कमजोर प्रदर्शन गर्नुले पनि टोलीमाथि दबाब बढेको छ । यस्तोमा दुवै टोली जितको योजनासहित उत्रनेछन् ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.