6 years ago
January 13, 2020
काठमाडौं (हाम्रो खेलकुद)– च्यासल युथ क्लब र नेपाल एपिएफ क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा सोमबार गोलरहित बराबरी खेलेका छन् ।
दशरथ रंगशालामा च्यासलले एपिएफविरुद्ध दबाब बनाएपछि खाता भने खोल्न सकेन । बराबरीपछि च्यासलको खातामा ६ र एपिएफको खातामा ५ अंक पुगेको छ ।
एपिएफले ६ खेलमा टोलीले १ जित, २ बराबरी खेलेको छ भने बाँकी ३ खेलमा हार बेहोरेको छ । च्यासलले ६ खेलमा १ जित , ३ बराबरी र २ खेलमा हार बेहोरेको छ ।
त्यसअघि आजै भएको अर्को खेलमा न्यू रोड टिम एनआरटीले नेपाल पुलिस क्लबलाई १–० ले स्तब्ध बनाएको थियो । दर्शन गुरुङको गोलमा टोलीले महत्वपूर्ण जित हासिल गरेको थियो ।
लिगमा मंगलबार एक मात्र खेलमा संकटा क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]