default_image

6 years ago

January 14, 2020

शीर्षस्थानमा उक्लदै छैटौं चरण सक्ने आर्मीको दाउ

151 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अघि बढिरहँदा उपाधि दौड पनि साँघुरो हुँदै जान थालेको छ । मुख्यत : ४ क्लबलाई उपाधि दाबेदारका रुपमा हेरिएको थियो ।

जसमा सदावहार दाबेदारका रुपमा मनाङ मस्र्याङ्दी, रुस्लान थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लबसँगै नयाँ शक्तिका रुपमा उदाउने प्रयास गरेको सानमिगेल मछिन्द्र क्लब लिइएको थियो । च्यासल युथ क्लबलाई पनि सुरुवातमा दाबेदारका रुपमा हेरिएपनि तेस्रो चरणमा पछि टोली विस्तारै कमजोर हुँदै गयो ।
छैटौं चरणको अन्त्यतिर आइपुग्दा परम्परागत दाबेदार मनाङ र थ्री स्टारको अभियान केहि कमजोर भएको छ । छैटौं चरणमा मनाङ यति हिमालयन शेर्पासँग गोलरहित बराबरीमा रोकिएको अर्को दिन थ्री स्टार छिमेकी क्लब फ्रेन्ड्ससँग पराजित भएको थियो । च्यासल पनि एपिएफसँग गोलरहित बराबरीमा रोकिदा विस्तारै सुधारको प्रदर्शन गरिएको पुलिस सोमबार एनआरटीसँग पराजित भएको थियो ।

दाबेदार मध्येका मछिन्द्र र मनाङले भने अपराजित यात्रालाई कायम राखेका छन् । छैटौं चरणमा टोलीले जावलाखेलमाथि १–० ले पराजित गरेको थियो । ६ खेलमा ४ जित र २ बराबरीका साथ टोलीले १४ अंक जोडेपछि गत वर्ष लिगको पुछारबाट दोस्रो स्थानमा रहेका कारण यसपटक १ अंक घटाइएको छ ।

लिगमा अब मछिन्द्र मात्र अपराजित टोली हो । उपाधि दाबेदार भनिएका टोलीहरुबीचका खेल बाँकी रहँदा अहिले नै उपाधि कसले जित्न भन्न सकिन्न । तर, १३ मध्ये ६ चरणका खेल मंगलबार टुंगिदैछ । जसमा आर्मी र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । मनाङसँगै एउटा खेल हारेको आर्मीले बाँकी ४ खेलमा जितेको छ र टोली १२ अंकसहित दोस्रो स्थानमा छ ।

६ खेलमा मनाङको १२ र थ्री स्टारको १० अंक । पाँचौं स्थानको जावलाखेलको ९, एनआरटी र पुलिसको समान ८ अंक छ । अहिले फर्ममा हेर्दा आर्मीलाई रोक्न जो कोहिलाई पनि कठिन पर्न सक्छ । त्यसमा एक रुपताको प्रदर्शन गर्न नसकेको संकटाले आर्मीलाई रोक्न कठिन हुनेछ । संकटाले ५ खेलमा २ जित , २ हार तथा १ बराबरीका साथ ७ अंक जोडेको छ ।

आर्मी र  संकटाबीचको खेल दशरथ रंगशालामा  मंगलबार दिउँसो ३:०० बजे सुरु हुनेछ । डेढ महिनाको प्रतिबन्ध मुक्त भएर सन्तोष तामाङ फर्केपछि आर्मी थप मजबुद भएको छ । आर्मी संकटालाई हराउँदै शीर्ष स्थानमा पुनरामगन चाहन्छ । अर्को तिर संकटा पनि आर्मीलाई हराउने दाउमा हुनेछ । त्यसमा सफलता मिलेमा टोली पाँचौं स्थानमा उक्लनेछ ।

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.