default_image

4 years ago

January 14, 2020

बंगबन्धु गोल्डकपका लागि विष्ट, पाण्डे र श्रेष्ठ बंगलादेशतर्फ

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व उपाध्यक्ष महेश विष्ट, फिफा रेफ्री सुदिश पाण्डे र फिफा सहायक रेफ्री रोजेन श्रेष्ठ बंगलादेशमा बुधबारबाट सुरु हुने बंगबन्धु गोल्ड कप फुटबल प्रतियोगिताका लागि मंगलबार त्यसतर्फ प्रस्थान गरेका छन् ।   विष्ट म्याच कमिस्नरको भूमिका निर्वाह गर्न तथा सुदिश र रोजेन रेफ्रीको भूमिका निर्वाह गर्न सँगै […]

75 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व उपाध्यक्ष महेश विष्ट, फिफा रेफ्री सुदिश पाण्डे र फिफा सहायक रेफ्री रोजेन श्रेष्ठ बंगलादेशमा बुधबारबाट सुरु हुने बंगबन्धु गोल्ड कप फुटबल प्रतियोगिताका लागि मंगलबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

 

विष्ट म्याच कमिस्नरको भूमिका निर्वाह गर्न तथा सुदिश र रोजेन रेफ्रीको भूमिका निर्वाह गर्न सँगै त्यसतर्फ गएका हुन् । बंगलादेश फुटबल संघको निमन्त्रणामा आफुहरु जान लागेको सुदिशले हाम्रो खेलकुदलाई जानकारी दिए । बंगबन्धु गोल्ड कप जनवरी २५ सम्म चल्ने छ । २०७२ मा नेपालले बंगबन्धु गोल्ड कपको उपाधि जितेको थियो ।

कात्र्तिकमा बंगलादेशमा भएको शेख कमल अन्तर्राष्ट्रिय क्लब कपको फाइनल सुदिशले खेलाएका थिए । त्यसमा रोजेनले सहायक रेफ्रीको भूमिका निर्वाह गरेका थिए ।

अन्य देशका फुटबल संघले पनि निमन्त्रणा गरेर बोलानु सुखद भएको उल्लेख गर्दै सुदिशले भने, ‘हामीले देशको प्रतिनिधित्व गर्ने हो । हामीले राम्रो गर्न सक्दा भविष्यमा अरुले पनि मौका पाउन सक्छन् । यसअघिको प्रदर्शनको आधारमा हामीलाई बोलाइएको हो । देशको प्रतिनिधिका रुपमा यस्तो मौकाले पाउँदा गर्व महसुस हुन्छ ।’

सन् २०११ मा फिफा रेफ्री बनेका सुदीश यो अवस्थामा आइपुग्नका लागि अनुशासन, मेहनत र प्रदर्शननै मुख्य रहेको बताएका छन् । १७ वर्ष देखि रेफ्रीको भूमिका निर्वाह गर्दै सुदीशले २००७ देखि २००९ सम्मको एफसी प्रोजेक्ट कोर्षमा सहभागी हुँदै उनको अन्तर्राष्ट्रिय रेफ्री करियरको यात्रा सुरु भएको थियो ।

उनले अहिले सम्म एसियन गेम्सको छनोन, एएफसी च्याम्पियन्स लिग, एएफसी कप, साफ च्याम्पियनसिप (२०१३,२०१५), एसइए गेम्स, अन्तर्राष्ट्रिय मैत्रीपूर्णका विभिन्न खेल सञ्चालन गरिसकेका छन् । यसै महिना सुदिशको फिफा रेफ्री र रोजेनको फिफा सहयाक रेफ्रीको नविकरण भएको थियो ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.