6 years ago
January 14, 2020
काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबले सहिद स्मारक ए डिभिजन लिगमा आज संकटाविरुद्धको खेलमा अग्रता लिएको छ । नवयुग श्रेष्ठको गोलमा आर्मीले अग्रता लिएको हो । २९ औं मिनेटमा पेनाल्टी बक्समा प्राप्त बललाई उनले हेडमार्फत गोलमा परिणत गरेका हुन् ।
लिगका १३ चरणको खेल मध्ये यो छैटौं चरणको अन्तिम खेल हो । आजको खेलमा जित निकाल्न सकेको खण्डमा आर्मी अंक तालिकाको शीर्षस्थानमा उक्लनेछ । यसअघिका ५ खेलमा टोलीको खातामा १२ अंक छ ।
यसअघि ४ खेल जितेको आर्मीले मनाङ मस्र्याङ्दी क्लबसँगको खेल भने गुमाएको थियो । १ खेल बढी खेलेको सानमिगेल मछिन्द्र क्लब १३ अंकसहित शीर्षस्थानमा छ । ७ अंकसहित संकटा आठौं स्थानमा छ । मनाङ १२ अंकसहित तेस्रो स्थानमा छ ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]