6 years ago
January 16, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा जारी कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिग २०७६ लगभग मध्यभागतिर आइपुगेको छ । कुल १३ चरणको खेल हुने लिगको छैटौं चरण आइपुग्दा उपाधि दावेदार मानिएका टोली नै शीर्ष ४ मा रहेका छन् ।

छैटौं चरणको खेलले लिगको अधिकांश शीर्ष टोलीलाई मार पर्यो । रुस्लान थ्री स्टारले अर्को ललितपुरे प्रतिद्वन्द्वी फ्रेन्ड्ससँग हार बेहोर्दा शीर्ष स्थानमा पुग्ने लक्ष्य राखेको आर्मी संकटासँग बराबरीमा रोकियो । मछिन्द्रले जावलाखेललाई पराजित गर्न त्यसै क्लबका पूर्व खेलाडी विशाल राईको एकमात्र गोलको सहायता लिनुपर्यो । मनाङ भने पहिलो जितका जितका लागि संघर्षरत हिमालयन शेर्पासँग गोलरहित बराबरीमा रोकियो ।
छैटौं चरणमा भएको ७ खेलमा जम्मा ६ गोल सम्भव भयो । आर्मी र संकटाले १-१ को बराबरी खेल्दा एनआरटि, फ्रेन्ड्स र मछिन्द्र १-१ गोल गर्दै जित हासिल गर्न सफल भए । तीन खेल गोलरहित बराबरीमा नै टुंगियो । यस अर्थमा अब आउने चरणमा हरेक टोलीका लागि गोल गर्ने दवाव रहनेछ । र सातौं चरणको नतिजाले क्लबहरुले आफ्नो अन्तिम स्थान कता हुन्छ भन्ने खाका पनि थप प्रष्ट हुनेछ ।

सातौं चरणको पहिलो खेलमा शुक्रबार शीर्षस्थानमा रहेको मछिन्द्रले जितविहिन हिमालयन शेर्पाको सामना गर्नेछ । शेर्पाले लिगको ६ खेलमा ४ खेल त बराबरी नै गरेको छ । यसक्रममा टोलीले जम्मा १ गोल गर्दै ४ गोल खाएको छ । मछिन्द्र भने लिगमा १० गोल गर्दै सर्वाधिक गोल गर्ने टोली रहेको छ । मछिन्द्रले लिगका ६ खेलमा ४ जित र २ बराबरीसहित १३ अंक जोडेको छ । अघिल्लो सिजनको नतिजाले १ अंक घट्नुले टोलीलाई मार परेको छ ।
शनिबारको पहिलो खेल जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ । लिगको सबैभन्दा बलियो डिफेन्स रहेको जावलाखेलले जम्मा २ गोल खाएको छ । पछिल्लो चरणमा मछिन्द्रसँग सिजनकै पहिलो हार बेहोरेको जावलाखेल पुलिसलाई स्तब्ध पार्ने सुरमा हुनेछ । नतिजामा उतारचढाव देखिरहेको पुलिस भने जावलाखेललाई उछिन्ने सुरमा हुनेछ । पाँचौ स्थानको जावलाखेलको ९ अंक र सातौं स्थानमा रहेको पुलिसको ८ अंक रहेको छ ।

सातौं चरणको मुख्य खेलका रुपमा नेपाली फुटबलको बहुप्रतिक्षित खेल अर्थात मनाङ मर्स्याङ्दी र रुस्लान थ्री स्टार क्लबबीच प्रतिसपर्धा हुनेछ । लिग उपाधिमा दावेदारी प्रस्तुत गरेका दुवै टोलीको कागजमा खेलाडी त्यति बलिया छैनन् । थ्री स्टारले पछिल्लो चरणमा फ्रेन्ड्ससँग हार बेहोरेपछि उपाधि लक्ष्यमा ठूलो धक्का लागेको छ । त्यसलाई परिपूर्ति गर्न मनाङविरुद्धको खेल निकै महत्त्वपूर्ण रहनेछ ।
यता मनाङले पनि लिग उपाधि रक्षा गर्ने अभियानलाई राम्रै तरिकाले सुरुवात गरेको छ । नाम चलेका खेलाडीले क्लब छाडेपनि नाइजेरियन प्रशिक्षक तोपे फुजाले नतिजा भने दिइरहेका छन् । मछिन्द्रसँग बराबरीपछि रंगशालामा झगडा पर्दा केहि महत्त्वपूर्ण खेलाडी प्रतिबन्धमा परेपछि शेर्पासँगको बराबरी मनाङलाई महँगो पर्यो । मनाङले अब थप घाटा नबेहोर्न थ्री स्टारसँग अधिकतम अंक खोस्नुपर्ने हुन्छ । तेस्रो स्थानको मनाङले १२ अंक जोड्दा एक स्थान पछाडी रहेको थ्री स्टार १० अंकमा छ ।

आइतबार पहिलो खेलमा एनआरटि र एपीएफ भिड्नेछन् । लिगमा तेस्रो जित दर्ता गरेको एनआरटिको रेलिगेसन लगभग टरेको अवस्था छ भने एपीएफले अझै सन्तोषको सास फेर्न पाएको छैन । पछिल्लो सिजनबाट २ अंक घट्नुका बाबजुद राजुकाजी शाक्यले टोलीलाई सुदृढ अवस्थामा पुर्याएका छन् । एनआरटिले शीर्ष ६ मा आँखा लगाउने हो भने एपीएफसँग जित हासिल गर्नैपर्छ ।
यता एपीएफका प्रशिक्षक राजेन्द्र तामाङ आफ्नो औसत टिमलाई रेलिगेसनभन्दा माथि उठाएर मध्य तालिकामा ल्याउने लक्ष्य पूरा गर्ने सुरमा हुनेछन् । यसका लागि एनआरटिसँगको ३ अंकले उनलाई धेरै राहत मिल्नेछ । पछिल्लो केहि खेलमा सुधारिएको प्रदर्शन गरेको एपीएफको डिफेन्स केहि कमजोर छ । एनआरटिले छैटौं स्थानमा रहेर ८ अंक जोडेको छ भने एपीएफ ५ अंकसहित ११ स्थानमा छ ।

आइतबारकै दोस्रो खेलमा फ्रेन्ड्स र सरस्वतीको खेल रेलिगेसनको लागि ‘६ पोइन्टर’ हुने पक्का छ । थ्री स्टारलाई स्तब्ध पारेर उच्च मनोबलमा रहेको फ्रेन्ड्सले यस खेलमा जित दर्ता गरे रेलिगेसनबाट लगभग सुरक्षित हुनेछ । यता पछिल्लो खेलमा पहिलो अंक जोडेको सरस्वतीले भने फ्रेन्ड्ससँग नतिजा गुमाएको खण्डमा घटुवा हुनबाट बच्न धेरै मिहिनेत गर्नुपर्ने छ । फ्रेन्ड्सको ५ अंक छ भने पुछारको सरस्वती १ अंकमा सिमित छ ।
सोमबार पहिलो खेलमा ब्रिगेड ब्वाइजले संकटासंग खेल्नेछ । टप सिक्स लक्ष्यलाई अझ मजबुत बनाउन ३ अंक लक्ष्यसहित संकटा बीबीसीलाई हराउने सुरमा हुनेछ । यता बीबीसी कम्तिमा एक अंकका लागि मैदानमा उत्रनेछ । आर्मीसँग महत्त्वपूर्ण १ अंक जोडेपछि संकटाले लिगमा समान २ जित, २ हार र २ बराबरसहित ८ अंक जोडेको छ । बीबीसीले पनि ७ अंक जोड्दै संकटलाई पछ्याइरहेको छ ।

सातौं चरणको अन्तिम खेलमा उपाधि दावेदार च्यासल र त्रिभुवन आर्मी क्लब खेल्नेछन् । पछिल्लो खेलमा बराबरीमा रोकिएपछि शीर्षस्थानमा उक्लने मौका गुमाएको आर्मी जितको सिलसिला पुन: सुचारु गर्ने सुरमा हुनेछ । प्रशिक्षक नविन न्यौपानेले च्यासललाई कमजोर आँक्ने गल्ति भने गर्ने छैनन् । सन्तोष साहुखलका रुपमा सर्वाधिक सफल स्ट्राइकर रहेको च्यासलसँग मिडफिल्ड भने त्यति चलेको छैन । आर्मीले यसको फाइदा उठाउनेछ ।
आर्मी अहिले शीर्षस्थानको मछिन्द्रसँग बराबरीमा छ । पहिलो दिननै मछिन्द्रले खेलेपछि आर्मीको लागि समीकरण परिवर्तन हुन सक्छ । तर लिग उपाधिको दावेदारी जारि राख्न आर्मीले जितको विकल्प भने रहने छैन । यता च्यासल भने पछिल्लो केहि खेलमा लगातार अंक गुमाएपछि मध्य तालिकामा बस्ने लक्ष्यलाई जीवन्त पार्न कम्तिमा अंक खोस्ने लक्ष्यमा हुनेछ ।

पछिल्लो चरणमा अक्र्मानमा कमजोर प्रस्तुतिसँगै लिगको छैटौं चरण सकिँदा मात्र ७५ गोल भएका छन् । प्रतिखेल १.७९ गोल औसत शीर्ष श्रेणीको लिगको लागि सुहाउँदो तथ्यांक होइन । पहिलो हाफमा ३२ गोल सम्भव हुँदा दोस्रो हाफमा ४३ गोल भएका छन् । यसक्रममा ७ खेल गोलरहित बराबरीमा सकिएका छन् । १६ खेलमा १ गोलको अन्तरमा नतिजा आएको छ भने १० खेलमा विजयी टोलीले २ गोलको अन्तरले जित हासिल गरेका छन् ।
सर्वाधिक गोलकर्ताको सुचिमा च्यासलका कप्तान सन्तोष साहुखल ५ गोलसहित शीर्षस्थानमा छन् । पुलिसका सुमन लामा ४ गोल गर्दै दोस्रोमा छन् । आर्मीका नवयुग श्रेष्ठ, एपीएफका आशिष लामा, मनाङका विमल राना र मछिन्द्रका आदेलजा सोमिडेले ३-३ गोल गरेका छन् ।
लिगको अंक तालिका :

December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]