6 years ago
January 19, 2020
काठमाडाैं (हाम्राे खेलकुद) – ब्राजिलयन खेलाडीले उच्च प्रदर्शन गरेपछि एनआईबिएल फ्रेन्ड्स क्लबले कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा फराकिलाे जित निकालेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको खेलमा फ्रेन्ड्सले रेलिगेसन जोनमा रहेकाे सरस्वती युथ क्लबलाई ४-१ काे फराकिलो गोल अन्तरले पराजित गरेकाे हाे । फ्रेन्ड्सको फराकिलो जितमा भारतीय उत्तम राईले २ तथा ब्रानिली साउलो डी अक्विनो र वाग्नर डि कार्मोले ममन १-१ गोल गरे ।
सरस्वतीका कजिम बुसारीले एक गोल फर्काए । खेलको पाँचों मिनेटमा वाग्नर डि कार्माेको पासमा उत्तम राईले वान टचमा उत्कृष्ट गाेल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाए । २४अहं मिनेटमा फिलिपे डि साेउजाले फ्रिकिकमा गाेल गर्दै फेन्ड्सको अग्रता दोब्बर पारे । ७०अरे मिनेटमा वाग्नर डि कार्मो गाेल गरेपछि फ्रेन्ड्स सहन जिततर्फ अग्रसर बनेकाे थियाे ।
८०औं मिनेटमा काजिम बुसारीले गाेल गर्दै खेललाई ३-१ काे अवस्थामा ल्याए । तर ८६ औं मिनेटमा उत्तम राईले व्यक्तिगत दाेस्राे तथा टिमकाे लागि चाैथाे गाेल गर्दै फ्रेन्ड्सलाई ४-१ काे सानदार जित दिलाए । लिगमा दाेस्रो जित निकालेको फ्रेन्ड्स ७ खेलमा ८ अंक जोड्दै नवौं स्थानमा उक्लिएकाे छ । लिगमा छैटौं हार बेहोरेको सरस्वती १ अंकसहित पुछारमा छ।
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]
December 11, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]