1 hour ago
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ।
बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो ।
६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट गोल गर्दै बराबरी गरे। ६९औँ मिनेटमा १७ वर्षका लेन्नार्ट कार्लले गोल गर्दै बायर्नलाई अघि बढाए। कार्लले लगातार ३ च्याम्पियन्स लिग खेलमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडीको कीर्तिमान बनाए।

७७औँ मिनेटमा जोनाथन टाहले गोल गर्दै बायर्नको जित पक्का गरे। योसँगै बायर्न नकआउट चरणमा स्थान पक्का गरे।
बार्सिलोनाले घरेलु मैदान क्याम्प नोउमा फ्र्याकफर्टलाई २-१ ले हरायो । बार्सिलोना पनि सुरुमा खेलमा पछि परेको थियो।
२१औँ मिनेटमा नथानियल ब्राउनको पासमा एनस्गार क्नफले गोल गर्दै फ्र्याकफर्टलाई अघि बढाए।
दोस्रो हाफमा बार्सिलोनाले छिट्टै खेलको लय समात्यो।
मध्यान्तरपछि मैदान प्रवेश गरेका मार्कस रासफोर्डले ५० औं मिनेटमै दिएको क्रसमा जुल्स कुनडेले हेड गर्दै बराबरी बनाए। त्यसको ३ मिनेटपछि लामिन यामलको क्रसमा कुनडेले अर्को हेडर गोल गरे।
यो जितपछि बार्सिलोनाको १० अंकमा पुगेको छ । फ्र्याकफर्टको ४ अंकमै सीमित रह्यो।
च्याम्पियन्स लिगमा मंगलवारका नतिजा

December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]