6 years ago
January 19, 2020
काठमाडौं (हाम्रो खेलकुद)– ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले दक्षिण एसियाली कोटा अन्तगर्त भारतीय एक खेलाडीलाई टोलीमा आबद्ध गरेको छ । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगका लागि बिबिसीले भारतीय खेलाडीलाई अनुबन्धन गरेको हो । बिएसए स्पोर्टिङ क्लबबाट भारतको कोलकाता प्रिमियर लिग खेलेका मोहम्मद सौकतलाई बिबिसीले लिएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को पछिल्लोको नियमावली अनुसार ए डिभिजन टोलीले लिगका लागि ४ विदेशी खेलाडी राख्न पाउने प्रावधान अनुरुप चौथो खेलाडी राख्दा एक जना दक्षिण एसियाली खेलाडी अनिवार्य गरेको छ । ६ खेलमा २ जित, १ बराबरी र ३ खेलमा हार बेहोरेको बिबिसीले सोमबार संकटा क्लबको सामना गर्नेछ ।
८ अंक जोडेको संकटा र बिबिसीबीच दिउँसो १२ः०० बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सुरु हुनेछ ।तुलानात्मक रुपमा टोलीको डिफेन्स लाइन कमजोर भएकोले भारतीय खेलाडी लिएको कप्तान अनिल गुरुङले बताए । यद्दपी उनले संकटाविरुद्ध पहिलो रोजाईमा पर्ने सम्भावना कम रहेको उनको बुझाई छ ।
राष्ट्रिय टोलीका पूर्व कप्तान समेत रहेका अनिल, अर्का सिनियर खेलाड विजय गुरुङबाहेक टोलीमा अधिकांश यू १८ का खेलाडी छन् । नयाँ खेलाडीमा अनुभवको कमी रहेका कारणले नतिजा अपेक्षा अनुसार आउन नसकेको अनिलको बुझाई छ । ‘नयाँ खेलाडीमा लिग अनुभवको अलिक कमी छ । त्यसका वावजुद पनि अहिलेको नतिजालाई सन्तोषजनकनै मान्नुपर्दछ,’ उनले भने, ‘आउने दिनमा अहिलेका युवा खेलाडीमा राम्रो प्रदर्शन आशा गर्न सकिन्छ । ‘
अनिलले दक्षिण एसियाली खेलाडी राख्न पाउने प्रावधानलाई राम्रो प्रयोगका रुपमा लिएका छन् । तर, उनले लिग अझै लामो बनाउन प्रयास गर्नुपर्ने बताएका छन् । ‘हामीले अहिले जसरी पनि लिग छिटो सक्ने गरि अभ्यास गरिरहेका छौं, ‘उनले भने, ‘हामीले देशको फुटबललाई अझै विकास गर्ने हो भने लिगलाई यो भन्दा लामो बनाउने हिसाबले योजना बनाउनुपर्दछ ।’
अनिल यो सिजन रुस्लान थ्री स्टार क्लबबाट बिबिसी पुगेका थिए । २०६१ मा बिबिसीबाट उनले ए डिभिजनको लिग सुरुवात गरेका थिए । त्यसपछि थ्री स्टार, आइलिग क्लब सिलोङ लाजोङ, मनाङ् मस्र्याङ्दी हुँदै पुनः थ्री स्टार पुगेका थिए । दुई वर्षअघि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका अनिल डेढ दशकपछि उनी फेरि बिबिसीमा फर्केका हुन् ।
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]
December 11, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]