default_image

6 years ago

January 20, 2020

संकटा र बिबिसीले अंक बाँडे

161 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– संकटा क्लब र बिग्रेड ब्वाइज क्लब (बिबिसी) ले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा सोमबार गोलरहित बराबरी खेलेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेल अवधिभर दुवै टोलीले गोलका केहि अवसर पाएपनि सफल भने हुन सकेनन् ।

यद्दपी खेलमा संकटा तुलानात्मक रुपमा बलियो देखिएको थियो । बिबिसीका गोलकिपर विशाल सुनार केल्मे म्यान अफ द म्याच चुनिए । संकटाको ७ खेलपछि २ जित, ३ बराबरी र २ हारका साथ ९ अंक पुगेको छ । बिबिसीले २ जित, २ बराबरी र ३ हार बेहोर्दै ८ अंक पु¥याएको छ ।

बिबिसीले सोमबार भारतीय खेलाडी मोहम्मद सौकतलाई उतारेको थियो । दक्षिण एसियाली कोटा अन्तगर्त बिबिसीले भारतीय एक खेलाडीलाई टोलीमा आबद्ध गराएको हो । मोहम्मदले बिएसए स्पोर्टिङ क्लबबाट भारतको कोलकाता प्रिमियर लिग खेलेका थिए ।

 

अखिल नेपाल फुटबल संघ (एन्फा) को पछिल्लोको नियमावली अनुसार ए डिभिजन टोलीले लिगका लागि ४ विदेशी खेलाडी राख्न पाउने प्रावधान अनुरुप चौथो खेलाडी राख्दा एक जना दक्षिण एसियाली खेलाडी अनिवार्य गरेको छ ।

आर्मी र च्यासल भिड्दै

दरशथ रंगशालामा दिउँसो ३ बजे त्रिभुवन आर्मी क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा सुरु हुनेछ । उपाधि दाबेदार आर्मी च्यासललाई पराजित गर्दै शीर्षस्थानमा स्पष्ट ३ अंकको अग्रता लिने लक्ष्यमा मैदानमा उत्रनेछ ।

गत साता संकटासँग १–१ गोलको बराबरीमा रोकिएपछि आर्मीले शीर्षस्थानमा उक्लने मौका गुमाएको थियो । कम्तिमा बराबरीको नतिजाले समेत आर्मी शीर्षस्थानमा उक्लनेछ । पराजित भएको अवस्थामा उपाधि सम्भावना जिवितै रहने भएपनि शीर्षस्थानमा उक्लने मौका गुमाउने छ ।आर्मीले ४ जित, १ बराबरी र १ हारबाट १३ अंक जोडेको छ ।

अर्कोतर्फ लिगमा १ सय गोलको आँकडा पार गरेका सन्तोष साहुखलको साथ पाएको च्यासल आर्मीलाई स्तब्ध पार्दै अंक तालिकामा सुधार गर्ने लक्ष्यमा हुनेछ । सुरुवाती दुई खेलमा दमदार सुरुवात गरेको च्यासलको प्रदर्शन त्यसपछि अपेक्षाकृत हुन सकेको छ । च्यासल ६ खेलबाट ६ अंक बटुल्दै तालिकाको १२औं स्थानमा छ ।

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

December 11, 2025

म्यानचेस्टर सिटीसँग रियल म्याड्रिड पराजित

एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

Success

Thank you for your time.