default_image

4 years ago

January 20, 2020

आर्मी र च्यासलको पहिलो हाफमा गोलरहित

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा सोमबार त्रिभुवन आर्मी क्लब र च्यायसल युथ क्लबबीचको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । उपाधि दाबेदार आर्मी च्यासललाई पराजित गर्दै शीर्षस्थानमा स्पष्ट ३ अंकको अग्रता लिने लक्ष्यमा मैदानमा उत्रिएपछि पहिलो हाफमा गोलको खाता खोल्न सकेन । गत साता संकटासँग १–१ गोलको बराबरीमा रोकिएपछि […]

55 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा सोमबार त्रिभुवन आर्मी क्लब र च्यायसल युथ क्लबबीचको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ ।

उपाधि दाबेदार आर्मी च्यासललाई पराजित गर्दै शीर्षस्थानमा स्पष्ट ३ अंकको अग्रता लिने लक्ष्यमा मैदानमा उत्रिएपछि पहिलो हाफमा गोलको खाता खोल्न सकेन । गत साता संकटासँग १–१ गोलको बराबरीमा रोकिएपछि आर्मीले शीर्षस्थानमा उक्लने मौका गुमाएको थियो ।

कम्तिमा बराबरीको नतिजाले समेत आर्मी शीर्षस्थानमा उक्लनेछ । पराजित भएको अवस्थामा उपाधि सम्भावना जिवितै रहने भएपनि शीर्षस्थानमा उक्लने मौका गुमाउने छ । यसअघिका ६ खेलमा आर्मीले ४ जित, १ बराबरी र १ हारबाट १३ अंक जोडेको छ ।

अर्कोतर्फ लिगमा १ सय गोलको आँकडा पार गरेका सन्तोष साहुखलको साथ पाएको च्यासल आर्मीलाई स्तब्ध पार्दै अंक तालिकामा सुधार गर्ने लक्ष्य लिएको छ । तर, टोलीले पहिलो हाफमा खाता खोल्न सकेन ।

सुरुवाती दुई खेलमा दमदार सुरुवात गरेको च्यासलको प्रदर्शन त्यसपछि अपेक्षाकृत हुन सकेको छ । च्यासल यसअघिका ६ खेलबाट ६ अंक बटुल्दै तालिकाको १२औं स्थानमा छ ।

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

Success

Thank you for your time.