default_image

6 years ago

January 20, 2020

भरतको गोलमा आर्मीलाई अग्रता

105 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा सोमबार जारी खेलमा च्यासल युथ क्लबविरुद्ध त्रिभुवन आर्मी क्लबले अग्रता लिएको छ । खेलको ५८ औं मिनेटमा भारत खवासले आर्मीलाई अग्रता दिलाए हुन् ।

उपाधि दाबेदार आर्मी च्यासललाई पराजित गर्दै शीर्षस्थानमा स्पष्ट ३ अंकको अग्रता लिने लक्ष्यमा मैदानमा उत्रिएको छ । यो अग्रता जोगाउन सके टोली शीर्षस्थानमा थप मजबुद बन्नेछ । गत साता संकटासँग १–१ गोलको बराबरीमा रोकिएपछि आर्मीले शीर्षस्थानमा उक्लने मौका गुमाएको थियो ।

कम्तिमा बराबरीको नतिजाले समेत आर्मी शीर्षस्थानमा उक्लनेछ । पराजित भएको अवस्थामा उपाधि सम्भावना जिवितै रहने भएपनि शीर्षस्थानमा उक्लने मौका गुमाउने छ । यसअघिका ६ खेलमा आर्मीले ४ जित, १ बराबरी र १ हारबाट १३ अंक जोडेको छ ।

अर्कोतर्फ लिगमा १ सय गोलको आँकडा पार गरेका सन्तोष साहुखलको साथ पाएको च्यासल आर्मीलाई स्तब्ध पार्दै अंक तालिकामा सुधार गर्ने लक्ष्य लिएको छ । तर, टोलीले पहिलो हाफमा खाता खोल्न सकेन । सुरुवाती दुई खेलमा दमदार सुरुवात गरेको च्यासलको प्रदर्शन त्यसपछि अपेक्षाकृत हुन सकेको छ । च्यासल यसअघिका ६ खेलबाट ६ अंक बटुल्दै तालिकाको १२औं स्थानमा छ ।

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

December 11, 2025

म्यानचेस्टर सिटीसँग रियल म्याड्रिड पराजित

एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

Success

Thank you for your time.