default_image

6 years ago

January 22, 2020

रञ्‍जितको फ्रिकिक गोलमा मछिन्द्र विजयी

244 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – डिफेन्डर रञ्‍जित धिमालले फ्रिकिकमा गरेको गोल निर्णायक सावित हुँदा कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत बुधबारको खेलमा मछिन्द्र क्लबले नेपाल पुलिस क्लबलाई १-० ले पराजित गरेको छ ।

 

दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक हासिल गर्यो । यस जितसँगै मछिन्द्रले ८ खेलमा ५ जित,१ हार र २ बराबरीसँगै १६ अंक जोडेको छ अघिल्लो सिजन अंक तालिकामा पुछारबाट दोस्रो स्थानमा रहेको कारण मछिन्द्रको १ अंक घटाइएको हो

पुलिस भने ८ खेलमा ११ अंक जोड्दै छैटौं स्थानमा यथावत छ । मछिन्द्र र शीर्षस्थानमा रहेको त्रिभुवन आर्मी क्लबको बराबर अंक छ । गोलअन्तरको आधारमा आर्मी अगाडि छ ।

निकै प्रतिस्पर्धात्मक पहिलो हाफको छैटौं मिनेटमा नै मछिन्द्रले गोल गर्ने अवसर गुमाएको थियो । रजिन धिमालको पासमा पेनाल्टी क्षेत्रभित्र रहेका मछिन्द्रका खेलाडीले बललाई पोस्टको दिशा दिन सकेनन् । १३ औं मिनेटमा पुलिसका लागि सौजन राईको फ्रिकिक प्रहार गोलरक्षक विशाल श्रेष्ठले विफल पारे ।

 

२८ औं मिनेटमा अभिषेक रिजालको हेडरले पोस्टको दिशा लिन सकेन । ४१ औं मिनेटमा पुलिसका सौजन राईको प्रहार फितलो रहँदा पुलिस अग्रता लिनबाट चुक्यो । इन्ज्युरी समयको पहिलो मिनेटमा मछिन्द्रले बललाई पोस्टको दिशा दिएपनि रेफ्रीले अफसाइड देखाए ।

रञ्जित धिमालको फ्रिकिकमा पिटर सेगुनले गोल गरेपनि रेफ्रीले उक्त मुभलाई मान्यता दिएनन् । खेलको ५३ औं मिनेटमा रञ्‍जितको फ्रिकिक गोलमा मछिन्द्रले अग्रता लियो । उनले मैदानको दायाँ विङबाट झन्डै ३० यार्ड टाढाबाट गरेको प्रहार गोलरक्षकको टाउको माथिबाट जाँदै पोस्टमा छिरेको थियो ।

पुलिसका खेलाडीले रेफ्रीसमक्ष फलको अपिल गरेपनि गोल मान्य भएको थियो । त्यसको दुई मिनेटपछि नै मछिन्द्रले अग्रता दोब्बर गर्ने अवसर पाएपनि अभिषेक रिजालले मौकाको सदुपयोग गर्न सकेनन् ।

खेलको ८१ औं मिनेटमा विशाल राईले बललाई पोस्टको दिशा दिएपनि असिस्टेन्ट रेफ्रीको झण्डा पुन एकपटक बाधक बन्यो । दीपक राईले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलरक्षक सत्रुघन चौधरीले रोकेपछि आएको रिबाउन्डमा विशाल राईले गोल गरेपनि रेफ्रीले त्यसलाई अफसाइड भन्दै मान्यता दिएनन् ।

लिगअन्तर्गत बिहीबार दशरथ रगशालामा नै दुई खेल हुनेछन् अघिल्लो चरणमा मछिन्द्रलाई स्तब्ध पारेको हिमालयन शेर्पाले रुस्लान थ्री स्टार क्लबसँग खेल्नेछ यस्तै जावलाखेलले रेलिगेसन क्षेत्रबाट त्रासमा रहेको नेपाल एपीएफक्लबको सामना गर्नेछ

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

December 11, 2025

म्यानचेस्टर सिटीसँग रियल म्याड्रिड पराजित

एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

Success

Thank you for your time.