default_image

6 years ago

January 22, 2020

मनाङका पूर्व खेलाडी आसिफ च्यासलमा आबद्ध

145 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– भारतीय खेलाडी मोहम्मद आसिफ च्यासल युथ क्लबमा आबद्ध भएका छन् । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगका बाँकी खेललाई लक्षित गर्दै च्यासलले रक्षक आसिफलाई बुधबार अनुबन्धन गरेको हो ।

दक्षिण एसियाली खेलाडीको कोटाा असिफलाई च्यासलले भित्राएको हो । आसिफले गत सिजन नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लबबाट खेलेका थिए । अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिगका लागि तयार पारेको निमावलीमा लिगका सहभागी १४ टोलीले ४ विदेशी खेलाडीसम्म अनुबन्धन गर्न पाउनेछन् ।

४ खेलाडीले अनुबन्धन गर्नेले दक्षिण एसियाली एक खेलाडी अनिवार्य रुपमा लिनुपर्ने बाध्यात्मक व्यवस्था छ । विदेशी ३ खेलाडी सम्म अनुबन्धन गर्दा भने दक्षिण एसियाली खेलाडी राख्दै पर्ने बाध्यता छैन । च्यासलमा यसअघि नै ३ विदेशी खेलाडी आबद्ध भइसकेका छन् । त्यसमध्ये एक खेलाडी भने स्वदेश फर्किसकेको क्लबले जनाएको छ ।

लिगमा च्यासलका अब ६ खेल बाँकी छन् । सुखद सुरुवात गरेपछि लिग अघि बढ्दै जाँदा भने च्यासलको प्रदर्शन कमजोर हुँदै गएको छ । पछिल्लो खेलमा सोमबार टोली त्रिभुवन आर्मी क्लबसँग ३–० ले पराजित भएको थियो । ७ खेलमा एक मात्र जित निकालेको च्यासलले ३ खेलमा बराबरी र ३ खेलमै हार बहेोरको छ । टोली ६ अंकसहित १२ औं स्थानमा रहेको छ ।

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

December 11, 2025

म्यानचेस्टर सिटीसँग रियल म्याड्रिड पराजित

एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

Success

Thank you for your time.