default_image

4 years ago

January 22, 2020

धनगढीमा महिला तथा पुरुष फुटबल प्रतियोगिता हुने

धनगढी (हाम्रो खेलकुद)– धनगढीको जुगेडामा दोस्रो संस्करणको प्रदेश स्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १२ जुगेडामा रहेको मनकामना युवा क्लबको आयोजनामा दोस्रो संस्करणको वानस्टप अटोमोवाईल्स प्रदेश स्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिता हुने भएको हो । ११ माघ गते सुरु प्रतियोगितामा पुरुषतर्फ १६ तथा महिलातर्फ ६ वटा […]

18 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद)– धनगढीको जुगेडामा दोस्रो संस्करणको प्रदेश स्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १२ जुगेडामा रहेको मनकामना युवा क्लबको आयोजनामा दोस्रो संस्करणको वानस्टप अटोमोवाईल्स प्रदेश स्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिता हुने भएको हो ।

११ माघ गते सुरु प्रतियोगितामा पुरुषतर्फ १६ तथा महिलातर्फ ६ वटा टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा पुरुष तर्फको विजेताले ७५ हजार र दोस्रो हुने टोली ४१ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

महिलातर्फको विजेतालाई २० हजार र दोस्रो हुने टोलीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो संस्करण आयोजनाको तयारीमा जुटेको आयोजक मनकामना युवा क्लबका अध्यक्ष डबल थापाले बताए । प्रतियोगिताको मुख्य प्रायोजकमा वानस्टप अटोमोवाईल्स रहेको छ

April 29, 2024

इङ्ल्यान्ड ‘सि’ विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड ‘सि’ टोली र ब्रिटिश आर्मी फुटबल टोली विरुद्ध मैत्रीपूर्ण खेल खेल्न इङ्ल्यान्ड प्रस्थान गर्ने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले २३ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो । नेपाली टोलीको आज एन्फाले विदाई समेत गर्दैछ । नेपाली टोलीमा नियमित डिफेन्डर अनन्त तामाङ […]

April 29, 2024

पिएसजीलाई फ्रेन्च लिग उपाधि

एजेन्सी – पेरिस सेन्ट जर्मान (पिएसजी) ले १२औं पटक फ्रेन्च शीर्ष डिभिजन लिगको उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा मो लियोन सँग ३-२ ले पराजित भएसँगै पिएसजी तीन खेल बाँकी छदै लिग विजेता बनेको हो । पिएसजीको यो लगातार तेस्रो लिग उपाधि हो । शनिबार ले हाभ्रे विरुद्ध ३-३ को बराबरी पछि पिएसजी मोनाको […]

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

Success

Thank you for your time.