default_image

4 years ago

January 23, 2020

पीएसजी फ्रेन्च लिग कपको फाइनलमा

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग कपको फाइनलमा पुग्न सफल भएको छ । पीएसजीले १० खेलाडीमा समेटिएको रिम्सलाई ३–० ले पराजित गर्दै फाइनलमा पुग्न सफल भएको हो । रिम्समा बुधबार राति भएको खेलमा पीएसजीको सहज जितमा मार्कुन्योस र नियानजोउ कोवासीले गोल गर्दा एक गोल उपहार पाएको थियो । नवौं मिनेटमा नै नेयमारको पासमा […]

39 views

0 Bookmark

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग कपको फाइनलमा पुग्न सफल भएको छ । पीएसजीले १० खेलाडीमा समेटिएको रिम्सलाई ३–० ले पराजित गर्दै फाइनलमा पुग्न सफल भएको हो ।

रिम्समा बुधबार राति भएको खेलमा पीएसजीको सहज जितमा मार्कुन्योस र नियानजोउ कोवासीले गोल गर्दा एक गोल उपहार पाएको थियो । नवौं मिनेटमा नै नेयमारको पासमा कप्तान मार्कुन्योसले गोल गर्दै पीएसजीले खेलमा अग्रता लिएको थियो । नेयमारको पासमा मार्कुन्योसले हेडमार्फत सिक्स यार्ड बक्सबाट गोल गर्न सफल भएका थिए ।

३१औं मिनेटमा रिम्सका कोनानले आत्मघाती गोल गरेपछि पीएसजीले खेलमा २–० को अग्रता लिन सफल भयो । नेयमारको फ्रिकिकमा मार्कुन्योसले प्रयास गर्दा दिसासीले फ्लिक गरेपनि गोललाईनमा रहेका कोनानले बचाउने प्रयास गरेपनि आफ्नै पोस्टमा गोल हुन पुगेको थियो ।

७३औं मिनेटमा रिम्स १० खेलाडीमा समेटियो । मार्काे भेराटीलाई फल गरेपछि रेफ्रीले रिम्सका मार्सल मुनेटसीलाई सिधै रातो कार्ड दिदै मैदान बाहिर पठाएको थियो । त्यसपछि ७७औं मिनेटमा नियानजोउ कोवासीले भली सटमा गोल गर्दै पीएसजीलाई ३–० को जित दिलाउदै फाइनलमा पुर्‍याउन सफल भयो ।

अब पीएसजीले उपाधिका लागि लियोनसँग ४ अप्रिलमा खेल्नेछ ।  लियोनले बुधबार राति नै लिललाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

निर्धारित समयमा लियोनका मौसा डेम्वेले र औअरले गोल गरे । लिलका रेनाटो सान्चेज र रेमीले गोल गरे ।

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

Success

Thank you for your time.