6 years ago
January 23, 2020
काठमाडौं (हाम्रो खेलकुद) – जावलाखेल युथ क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीबार नेपाल एपीएफ क्लबलाई १-० ले पराजित गरेको छ ।

खेलको अन्तिम ३० मिनेट १० खेलाडीमा सिमित हुनका बाबजुद जावलाखेलले अग्रता लिँदै जित हासिल गरेको हो । जावलाखेलको जितमा विदेशी फरवार्ड फोडे फोफानाले एकमात्र गोल गरे । उनले ७१ अौं मिनेटमा वन टचमा गरेको गोल निर्णायक सावित भएको थियो ।
त्यसअघि खेलको ५७ अौं मिनेटमा जावलाखेलका गोलरक्षक टिकेन्द्र थापाले रातो कार्ड पाएका थिए । पेनाल्टी क्षेत्र बाहिर आएर हातले बल समाएपछि रेफ्रिले उनलाई सिधै रातो कार्ड देखाए ।
पछिल्ला दुई खेलमा पराजय भोगेको जावलाखेल यस जितसँगै अंक तालिकामा उकालो लागेको छ । ८ खेलमा ३ जित, ३ बराबरी र २ हारसँगै १२ अंक जोडेको जावलाखेल पाँचौ स्थानमा उक्लिएको छ । एपीएफ भने ८ खेलमा १ जित, २ बराबरी र ५ हारसँगै ५ अंक जोड्दै पुछारबाट दोस्रो स्थानमा छ ।
लिग अन्तर्गत शुक्रबार मनाङ मर्स्याङ्दी क्लब र सरस्वती युवा क्लब खेल्नेछन् । दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लब र च्यासल युवा क्लब भिड्नेछन् ।
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]
December 11, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]