default_image

6 years ago

January 24, 2020

मनाङ सरस्वतीसँग खेल्दै, च्यासललाई बीबीसीको चुनौती

117 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आठौं राउन्डको तेस्रो दिन आज (शुक्रबार) दुई खेल हुदैछ । 

त्रिपुरेश्वस्थित दशरथ रंगशालामा हुने दिनको पहिलो खेलमा मनाङ–मर्स्याङ्दी क्लब र सरस्वती युथ क्लबबीच मध्यान्ह १२ बजे तथा दोस्रो खेलमा दिउँसो ३ बजे च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) बीच प्रतिस्पर्धा हुदैछ ।

उपाधि यात्रालाई जीवितै राख्न मनाङलाई सरस्वतीविरुद्ध जितको विकल्प छैन । मनाङ रेलिगेशन जोनमा रहेको सरस्वतीलाई पराजित गर्दै उपाधि होडमै कायम रहन चाहन्छ । शुरुवाती तीन खेलमा जित हात पारेको मनाङ त्यसपछिको सबै चार खेलमा बरारीमा रोकिएको छ । मनाङ लिगमा अपराजित एक्लो टोली हो ।

प्रतिबन्धमा रहेका रन्जन विष्ट र सुरज विश्वकर्माको सरस्वतीविरुद्ध पूनरागमन गर्न सक्नेछन् । मछिन्द्रसँगको खेलमा हातपातमा उत्रिएपछि रन्जनले दुई खेलको कारवाही भोगेका थिए । सुरज दोहोरो पहेँलो कार्डका कारण प्रतिबन्धमा रहँदै एक खेल गुमाउन पुगेको थिए ।

बिमल राना, निशान लिम्बु, दीप कार्की, कमल श्रेष्ठ, फ्लोरेन्ट, दयानन्द सिंह, पुजन उपरकोटी, फेमी जोसवा, भिडाल लुइस, सुशिल लामा र आदित्य चौधरीको मनाङलाई साथ छ । मनाङ ७ खेलमा १३ अंक सहित तालिकाको चौथो स्थानमा छ । सरस्वतीलाई पराजित गर्दै मनाङ आर्मी र मछिन्द्रसँग अंक बराबरी गर्न चहान्छ ।

यता, रेलिगेसन जोनमा रहेको सरस्वती मनाङलाई स्तब्ध पार्दै ३ अंक लिने दाउमा हुनेछ । रेलिगेशन जोनमा रहेको सरस्वती बाँकी सबै ६ खेलमा नतिजा ल्याउदै रेलिगेशनबाट बच्न लक्ष्यमा हुनेछ । लिगमा जित निकाल्न नसकेको सरस्वती पहिलो जितको खोजीमा हुनेछ । तर, मनाङविरुद्ध जित निकाल्न सरस्वतीले निकै मिहेनत गर्नुपर्ने हुन्छ । बराबरी या पराजित भएको अवस्थामा सरस्वतीको रेलिगेसन सम्भावना बढेर जानेछ । सरस्ती १ अंक जोडेर पुछारमा छ ।

च्यासललाई बीबीसीको चुनौती

दिनको दोस्रो खेलमा च्यासल र बीबीसीबीच प्रतिस्पर्धा हुदैछ । दुवै टोली जितको लक्ष्यसहित मैदान उत्रदै अंक तालिकामा सुधार गर्ने योजनामा हुनेछ । च्यासल ६ अंकसहित १२औं स्थानमा तथा बीबीसी ८ अंकसहित नवौं स्थानमा रहेको छ ।

च्यासलले मनाङका पुर्व डिफेन्डर मोहम्मद आसिफलाई टोलीमा समेटेको छ । उनले बीबीसीविरुद्ध खेल्न सक्नेछ । लिगको सर्वाधिक गोलकर्ताको सुचीमा रहेका सन्तोष साहुखल नै बीबीसीविरुद्ध मुख्य हतियार हुनेछ ।

यता, राष्ट्रिय टोलीका पुर्व कप्तान अनिल गुरुङ र विजय गुरुङ र युवा खेलाडीले भरिएको बीबीसी च्यासललाई पराजित गर्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ ।

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

December 11, 2025

म्यानचेस्टर सिटीसँग रियल म्याड्रिड पराजित

एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

Success

Thank you for your time.