default_image

4 years ago

January 29, 2020

रोहित अर्को दुई वर्ष पर्सिजामै रहने

प्रकाश तिमल्सिना, काठमाडौं राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द अर्को दुई सिजन इन्डोनेसियाको शीर्ष डिभजिनको पर्सिजा जकार्तामा रहने भएका छन् । रोहित र पर्सिजाबीच दुई वर्षका लागि  बुधबार सम्झौता नविकरण भएको छ । अघिल्लो सिजन सकिए लगत्तै स्वदेश फर्केका रोहित गत साता अष्ट्रेलिया हुँदै इन्डोनेसिया पुगेका थिए । सम्झौता गर्नुअघि बाटै रोहितले क्लबमा अभ्यास थालिसकेको थिए […]

70 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द अर्को दुई सिजन इन्डोनेसियाको शीर्ष डिभजिनको पर्सिजा जकार्तामा रहने भएका छन् । रोहित र पर्सिजाबीच दुई वर्षका लागि  बुधबार सम्झौता नविकरण भएको छ ।

अघिल्लो सिजन सकिए लगत्तै स्वदेश फर्केका रोहित गत साता अष्ट्रेलिया हुँदै इन्डोनेसिया पुगेका थिए । सम्झौता गर्नुअघि बाटै रोहितले क्लबमा अभ्यास थालिसकेको थिए । सम्झौता रकम नखुलाइए पनि गत वर्ष भन्दा पारिश्रमिकमा बृद्धि भएको रोहितका दाजु रविन चन्दले बताएका छन् ।

सन् २०१३ मा रोहित पहिलो पटक पर्सिजामा आबद्ध भएका थिए । पछि २०१५ मा मलेसियाका सुपर लिग टोलीमा आबद्ध हुँदा उनको घुँडामा चोट लागेको थियो । त्यसपछि भने उनी झन्डै एक वर्ष भन्दा लामो समय मैदान बाहिर बस्नु परेको थियो ।

चोट मुक्त भएर २०१७ मा पुनः उनी पर्सिजामा आबद्ध भएका थिए । दुई वर्षअघि पर्सिजालाई लिग च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका रोहित लिगकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।

पछिल्लो सिजनमा भने टोली दसौं स्थानमा रह्यो । २०६६ सालमा मछिन्द्र क्लबबाछ घरेलु फुटबलमा डेब्यू गरेका रोहित अर्को वर्ष आइ लिग टोली एचएएलमा आबद्ध भएका थिए । सन् २०१२ मा उनी पहिलो पटक इन्डोनेसियन क्लबमा आबद्ध भएका थिए ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.