6 years ago
January 26, 2020
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला टोली र एपिएफकी फरवार्ड सावित्रा भण्डारीको गोलमा गोकुलम केरेला एफसीले महिला भारतीय (आई) लिगमा विजयी सुरुवात गरेको छ । श्रीभुमी एफसीलाई १–० ले हराउँदै गोकुलमले विजयी सुरुवात गरेको हो ।
भारतको बैंगलोर रंगशालामा भएको खेलको ६७ औं मिनेटमा सावित्राले गरेको गोल नै निर्णायक बनेको हो । सावित्राको क्लबका लागि यो तेस्रो गोल हो । छनोटको दोस्रो लेगमा गोकुलमले ८–१ को जित हासिल गर्दा सावित्राले २ गोल गरेकी थिइन् ।
आई लिगमा सावित्राको यो दोस्रो सिजन हो । गत सिजन उनले र अनिता बस्नेतले सेथु एफसीबाट खेलेका थिए । सेथुलाई लिग च्याम्पियन बन्दा सावित्राले १५ गोल गरेकी थिइन् ।
यसपटक भने सावित्राले गोकुलम रोज्दा अनिताले सेथुमै निरन्तरता दिइन् । सेथुले पनि लिगमा विजयी सुरुवात गरेको थियो ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]