default_image

4 years ago

January 26, 2020

एन्फा कास्की अध्यक्ष कुट्ने सांसद मनाङे रिहा

पोखरा (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका गण्डकी प्रदेशका सांसद राजीव गुरुङ आइतबार धरौटीमा रिहा भएका छन् । दीपक मनाङेका नामले परिचित उनलाई कास्की जिल्ला प्रशासनले ६ हजार धरौटीमा रिहा गरेको हो । रिहा अघि आज सरकारी वकिलको कार्यालयले उनीसँग बयान लिएको थियो । उनलाई […]

43 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका गण्डकी प्रदेशका सांसद राजीव गुरुङ आइतबार धरौटीमा रिहा भएका छन् ।

दीपक मनाङेका नामले परिचित उनलाई कास्की जिल्ला प्रशासनले ६ हजार धरौटीमा रिहा गरेको हो । रिहा अघि आज सरकारी वकिलको कार्यालयले उनीसँग बयान लिएको थियो । उनलाई फागुन १३ गतेका लागि तारेक तोकिएको बताइएको छ ।

मुख्यमन्त्री कप फुटबलको उद्घाटन अघि मनाङको सहभागी क्लबलाई सुविधा नदिएको भन्दै मनाङले आयोजनास्थलमै कुटेका थिए । त्यसविरुद्ध भोली पल्ट गुरुङले मनाङे उजुरी दिएका थिए ।

त्यसका आधारमा प्रहरीले मनाङेलाई दुव्र्यवहार तथा फोजदारी अभियोगमा मुद्दा दायर गरेको थियो । मनाङले पक्राउ पुर्न एक दिन अघि पत्रकार सम्मेलनमार्फत आफुले गुरुङलाई आफुले कुटेको सार्वजनिक रुपमा स्वीकार गरेका थिए ।

रिहा पछि मनाङले एन्फा भित्रको भ्रष्टाचार अब उजागर हुने जनाउँदै भने,‘ त्यसको सुरुवात मैले गरे । मनाङेलाई उजुरी दिएका एन्फा कास्कीका अध्यक्ष पनि शुक्रबार अर्कै उजुरीमा पक्राउ परेका छन् ।

 

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.