6 years ago
January 27, 2020
प्रकाश तिमल्सिना, काठमाडौं
राष्ट्रिय टोलीबाट खेल्दा होस् वा कुनै क्लबबाट खेल्दा सावित्रा भण्डारी सम्बाको प्रभाव बेग्लै हुने गर्छ । कमै खेल होलान् जसमा सावित्राले गोल नगरेको होस् । कथम कदाचित गोल नगर्दा पनि खेलमा उनले प्रभाव छाडेकै हुन्छिन् । सावित्रा नै दक्षिण एसियाको उत्कृष्ट स्ट्राइकर हो भन्दा सायदै दुइमत होला । दक्षिण एसियाको महारथी भारतकै प्रशिक्षक मेमोल रकीले पनि बारम्बार यो कुरा स्वीकारेकी छिन् ।

उत्कृष्ट भएकै कारण उनी लगातार दोस्रो सिजन भारतको महिला लिग खेल्न त्यसतर्फ प्रस्थान गरेकी छिन् । पहिलो सिजनमै प्रभावशाली प्रदर्शन गरेकी सावित्राले यसपटक पनि प्रभाव छाड्ने संकेत गरिसकेकी छिन् । गत वर्ष सेथु एफसीलाई च्याम्पियन बनाउन १५ गोल गरेकी सावित्राले यसपटक गोकुलम केरेला एफसी रोजिन् । उनलाई अन्य टोलीले पनि अनुबन्धनका लागि प्रस्ताव राखेका थिए ।
चार दिन अघि छनोटको दोस्रो लेगमा ८–१ को जितमा २ गोल गरेकी सावित्राले आई लिगको पहिलो खेलमा टोलीको जितका लागि गोल गरिन् । उनकै एक मात्र गोलमा टोलीले विजयी सुरुवात गरेको छ । राष्ट्रिय टोली होस् या क्लब फुटबल सधैं ९ नम्बर रोज्ने सावित्राको यसपटक जर्सी नम्बर भने फेरिएको छ । उनको पहिलो रोजाईमा रहेको ९ नम्बर जर्सी क्लबकै सिनियर खेलाडीको रोजाईमा परेपछि उनले ७ नम्बर जर्सी रोजिन् ।

सावित्राले भनिन् ‘मलाई लाउन त ९ नम्बर नै लाउन मन थियो । तर, सिनियर खेलाडीले लगाएपछि मैले अर्को लगाउनु पर्ने भयो । अनि ७ रोजे ।’ जर्सी नम्बर ९ भारतको राष्ट्रिय टोलीबाट लामो समय खेलेकी फरवार्ड कमला देवीले लगाएकी छिन् । पछिल्लो समय राष्ट्रिय टोलीमा नरहेपनि उनले घरेलु फुटबल भने खेलिरहेकी छिन् ।
विश्व फुटबलका सफल र चर्चित क्रिस्टियानो रोनाल्डोका करोडौं फ्यान मध्य सावित्रा पनि एक हुन् । सावित्राले ७ नम्बर जर्सी रोज्नुको पछाडी कारण पनि आफ्नो मनपर्ने खेलाडी रोनाल्डो नै थिए । सावित्राले ७ नम्बर जर्सीमा गोल गरेलगत्तै उनैले जस्तो सेलिब्रेसन पनि गरिन् । ‘९ नम्बर नपाएपछि विकल्पमा मैले रोनाल्डोले लगाउने ७ नम्बर रोजें,’ उनले भनिन् ।
आइतबारको गोलमा सेलिब्रेसन रोनाल्डो शैलीमा नै गरिन् । त्यसो त उनले यसअघि पनि पटक पटक सोहि किसिमको सेलेब्रेसन गरेकी थिइन् तर आइतबार भने उनले योजना नै बनाएकी थिईन् । हाम्रो खेलकुदसँग कुराकानीका क्रममा सावित्राले उत्साहित हुँदै भनिन्, ‘ आज गोल गरें भने रोनाल्डोको शैलीमा सेलिब्रेसन गर्छु भन्नेमा थिए । ७ नम्बर जर्सीमा त्यो सेलिब्रेसन गर्छु भन्ने सोचेर गरेको हुँ ।’

मैदानबाहिर पनि चर्चामा रहने सावित्रा मैदानभित्र पनि पछिल्लो समय उत्कृष्ट लयमा छिन् । नेपालका लागि उनले गरेको गोलबाट पनि थाहा हुन्छ उनी कति क्षमतावान खेलाडी हुन् । राष्ट्रिय टोलीमा झन्डै ६ वर्षको यात्रामा उनले देशका लागि ३८ गोल गरिसकेकी छन् । यो आँकडा छुनु चल्तीका अन्य फरवार्डका लागि सहज पक्कै छैन । टोलीकी महत्त्वपूर्ण सदस्य रहेकै अवस्थामा उनले ३८ गोल गरिसकेकी छिन् । केहि वर्षमा उनको गोलको आँकडा ५० नाघ्ने अनुमान गर्न सकिन्छ ।
राष्ट्रिय टोलीमा पुरुषतर्फ हेर्ने हो भने उच्च गोल संख्या १३ छ । हरि खड्का र निराजन रायमाझीको नाममा समान १३ गोलको कीर्तिमान छन् । दुवै राष्ट्रिय टोलीका पूर्व खेलाडी भइसकेका छन् । पछिल्लो पटक निराजनले सन् २००८ मा हरिको कीर्तिमान बराबरी गरेपछि अहिले सम्म उनीहरुको कीर्तिमान तोडिएको छैन । यो त राष्ट्रिय टोलीको तुलाना भयो ।

सावित्राले घरेलु फुटबलमा गरेको गोलको अहिले सम्म कुनै तथ्याङ्क पाउन मुस्किल छ । अधिकांश प्रतियोगितामा उनी नै उच्च गोलकर्ता बन्छिन् । एउटै खेलमा ९ गोलसम्म पनि उनले गरेकी छिन् । घरलु फुटबलमा अहिले उनलाई चुनौति दिने खेलाडी तयार भइसकेको छैन । अब उनले दक्षिण एसियाका अन्य क्लबमा पनि आफ्नो क्षमता प्रदर्शनको मौका पाइरहेकी छिन् ।
आउने दिनमा उनलाई विश्व फुटबल जगतमा अर्को फड्को मार्ने खुड्किलोको रुपमा भारतीय लिग बलियो आधार बन्ने धेरैले अपेक्षा राखेका छन् । अहिले भने उनले लगातार दोस्रो सिजन भारतीय लिग जिताउन गोकुलमको जर्सीमा हुनेछिन् । आफ्नो प्रिय खेलाडी रोनाल्डोको जर्सीमा उनी पुरानै सफलता हासिल गर्न तत्पर छिन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]