6 years ago
January 27, 2020
एजेन्सी – क्याटलान क्लब बार्सिलोनालाई पछि पार्दै स्पेनिस महारथी रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । रियलले आइतबार राति रियल भालाडोलिडमाथि १–० संघर्षपुर्ण जित निकाल्दै ला लिगाको शीर्षस्थानमा उक्लन सफल भएको हो ।

रियलले शीर्षस्थानमा बार्सिलोनालाई ३ अंकले पछि पारेको हो । जितसँगै रियलको २१ खेलबाट ४६ अंक पुगेको छ । समान खेलबाटै बार्सिलोनाको ४३ अंक छ । बार्सिलोना शनिबार राति भ्यालेन्सियासँग २–० ले स्तब्ध भएको थियो । भालाडोलिड २२ अंक जोडेर १६औं स्थानमा छ ।

इस्टेडियो म्युनिसिपल जोस जोरिल्ला भालाडोलिडमा आइतबार राति भएको खेलमा रियलको जितमा नाँचो फर्नान्डेजले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । भालाडोलिडको मैदानमा रियलले खेलो १२औं मिनेटमा गोल गरेपनि भिएआरबाट मान्यता नपाउदा अग्रता लिनबाट चुकेको थियो । टोनी क्रुसको फ्रिकिकमा क्यासमिरोले क्लोज रेन्जबाट हेडिङ गोल गरेपनि उनी अफसाइड ठहरिए ।

५१औं मिनेटमा रियालका रोड्रिगोको प्रहारलाई भलाडोललिडका गोलरक्षकले मुस्किलले बचाए । ५९औं मिनेटमा फरल्यान्ड मेन्डीको पासमा करिम बेन्जेमा गोल गर्न असमर्थ बन्दा रियाल पुनः अग्रता लिनबाट चुक्यो । त्यसपछि पनि घरेलु टोलीलाई लगातार दवावमा राखेपनि रियालले गोलको लागि ७८औं मिनेट कुर्नुपरेको थियो । टोनी क्रुसको कर्नरमा नाँचोले सिक्स यार्ड बक्सबाट गोल गर्न सफल भएका थिए । त्यही गोल नै रियालको जितमा पर्याप्त बन्यो ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]