default_image

6 years ago

January 27, 2020

मछिन्द्र र थ्री स्टारको हाइ भोल्टेज भिडन्त, पुलिसलाई एपिएफको चुनौती

183 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सोमबारदेखि नवौं राउन्डको खेल सुरु हुँदैछ ।

नवौं राउन्डको पहिलो दिन दुई खेल हुनेछ । दिनको पहिलो खेलमा दुई विभागीय टोली नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबबीच मध्यान्ह १२ बजे तथा सानमिगेल मछिन्द्र क्लब र रुस्लान थ्री स्टारबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुँदैछ । दुवै खेल त्रिपुरेश्वस्थित दशरथ रंगशालामा हुनेछ ।

स्टार खेलाडीले भरिएको मच्छिन्द्र र थ्री स्टारबीको खेल निकै रोचक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । दुई बलिया टोलीबीचको नतिजाले लिगको उपाधि समीकरणसमेत प्रभावित बन्नेछ । मच्छिन्द्रले यो खेलमा जित हात पारे शीर्षस्थानमा पुनरागमन गर्नेछ । पराजित भएको अवस्थामा भने उपाधि यात्रामा धक्का लाग्नेछ । बराबरीले पनि उपाधि सम्भावना झिनो बन्ने छ ।
सातौं चरणमा शेर्पासँगको २–० को अप्रत्यासित हारले उपाधि यात्रा कमजोर बनेको मच्छिन्द्र थ्री स्टारलाई पराजित गर्दै उपाधि यात्रामा फर्कने दाउमा हुनेछ ।

अघिल्लो सिजन मनाङमा रहेका प्रायः सबै र थ्री स्टारका केही खेलाडीलाई समेटेर बलियो टोली बनाएको मच्छिन्द्रसँग विराज महर्जन, बिशाल राई, बिशाल श्रेष्ठ, सुजल श्रेष्ठ, रेजिन सुब्बा, देवेन्द्र तामाङ, रन्जित धिमाल र एडिलाजा सोमिडेजस्ता खेलाडी रहेका छन् । उनीहरूले जुनसुकै बेला पनि नतिजा उल्ट्याउन सक्नेछन् ।
यता, औसतको टोली बनाएर लिग खेल्दै औसतकै प्रदर्शन गरिरहेको थ्री स्टार मच्छिन्द्रलाई स्तब्ध पार्दै उपाधि यात्रामा अघि बढ्न चाहन्छ ।

मच्छिन्द्रलाई पराजित गरे थ्री स्टार दोस्रो स्थानमा उक्लनेछ । मच्छिन्द्रले उपाधि दौडलाई थप मजबुद बनाउने वा थ्री स्टारले शीर्ष टोलीलाई दबाब दिने अर्थमा रोमाञ्चक हुनेछ । भारतीय लालरमाभिया, सञ्जोक राई र निशान खड्काको आगमनसँगै थ्री स्टार केही बलियो देखिएको छ । बिक्रम लामा, अनन्त तामाङ, मिक्छेन तामाङ, रुपेश केसी र प्रिसोको साथ पनि थ्री स्टारलाई हुनेछ ।

लिगको आठौं चरणको खेल सकिँदा मच्छिन्द्र ८ खेलबाट ५ जित, १ हार र २ बराबरीसँगै १६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । थ्री स्टार ४ जित, दुई हार र दुई बराबरीसँगै १४ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

त्यसअघि उपाधि दौडमा केही कमजोर देखिएको पुलिस र एपीएफबीच प्रतिस्पर्धा हुनेछ । लिगको प्रतिस्पर्धासँगै विभागीय डर्बीमा प्रतिष्ठाको लडाइँ पनि जोडिएको हुन्छ । त्यसर्थ त्यो खेल हेर्न लायक हुनेछ । एपीएफलाई भने रेलिगेसन क्षेत्रबाट माथि उठ्ने लागि मौका हुनेछ । पुलिस एपीएफलाई पराजित गर्दै शीर्ष टोलीलाई दबाब दिने लक्ष्यमा हुनेछ ।

पुलिसलाई लिगमा चार गोल गरिसकेका सुमन लामा, अजित भण्डारी, रवि पासवान, प्रवेश कुँवर, भोलानाथ सिलवाल र सौजन राईजस्ता खेलाडीको साथ छ । यता, एपीएफ पुलिसलाई पराजित गर्दै रेलिगेसन जोनभन्दा माथि उठ्ने लक्ष्यमा हुनेछ । एपीएफसँग लिगमा पाँच गोल गरिसकेका आशीष लामा, नवीन लामा र रमेश दंगालको साथ छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.