6 years ago
January 27, 2020
काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबारको पहिलो खेलमा नेपाल पुलिस क्लबले नेपाल एपीएफ क्लबविरुद्ध अग्रता लिएको छ । पहिलो हाफमा पुलिस १-० ले अगाडि छ ।

पाँचौ मिनेटमा पुलिसका भरत शाहको प्रहारलाई गोलरक्षक अमृत चौधरीले विफल पारे । आठौं मिनेटमा भरत शाहकाे पासलाई सौजन राईले भेट्न सकेन । ११ अौं मिनेटमा सौजन राईकाे फ्रिकिक बाहिरियाे ।
१३ अौं मिनेटमा पुलिसले भोला सिलवालको पेनाल्टी गोलमा अग्रता लियो । कर्नर प्रहारमा हेडर गर्ने क्रममा राजन गुरुङले भरत शाहलाई धकेलेपछि रेफ्री प्रकाशनाथ श्रेष्ठले पेनाल्टी दिएका थिए । उक्त अवसरलाई कप्तान भोलाले गोलमा परिणत गरे ।
३८ अौं मिनेटमा आशिष लामाको फ्रिकिक बाहिरिदा एपीएफ बराबरीबाट चुक्याे । ४२अौं मिनेटमा प्रदिप लामाकाे कर्नरमा रमेश दंगालकाे हेडर पाेस्टबाट थोरै बाहिरिदा एपिएफ पुनः बराबरी गर्नबाट चुक्याे ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]