default_image

6 years ago

January 27, 2020

विभागीय डर्बीमा पुलिसको जित

170 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबारको पहिलो खेलमा नेपाल पुलिस क्लबले नेपाल एपीएफ क्लबलाई १-० ले पराजित गरेको छ ।

पाँचौ मिनेटमा पुलिसका भरत शाहको प्रहारलाई गोलरक्षक अमृत चौधरीले विफल पारे । आठौं मिनेटमा भरत शाहकाे पासलाई सौजन राईले भेट्न सकेन । ११ अौं मिनेटमा सौजन राईकाे फ्रिकिक बाहिरियाे ।

१३ अौं मिनेटमा पुलिसले भोला सिलवालको पेनाल्टी गोलमा अग्रता लियो । कर्नर प्रहारमा हेडर गर्ने क्रममा राजन गुरुङले भरत शाहलाई धकेलेपछि रेफ्री प्रकाशनाथ श्रेष्ठले पेनाल्टी दिएका थिए । उक्त अवसरलाई कप्तान भोलाले गोलमा परिणत गरे ।

३८ अौं मिनेटमा आशिष लामाको फ्रिकिक बाहिरिदा एपीएफ बराबरीबाट चुक्याे । ४२अौं मिनेटमा प्रदिप लामाकाे कर्नरमा रमेश दंगालकाे हेडर पाेस्टबाट थोरै बाहिरिदा एपिएफ पुनः बराबरी गर्नबाट चुक्याे ‌।

पहिलो हाफमा पछाडि परेको एपिएफले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्यो । ५०अौं मिनेटमा रवि पासवानकाे पासमा नीर कुमार राईकाे प्रहारलाई एपिएफका सुदिप शिख्रकारले गाेल लाइनबाट बचाउदा पुलिस अग्रता दाेब्बर बनाउनबाट चुक्याे । ५४अौं मिनेटमा रमेश दंगालकाे गल्तीमा सौजनले बल खाेस्दै भरत शाहलाई दिएकाे पासलाई रवि पासवानकाे प्रहार गाेलक्षक अमृत चौधरीले बचाए ।

६२अौं मिनेटमा नवीन लामाकाे फ्रिकिकलाई गाेलरक्षक राेशन खड्काले पञ्च गरेर बचाएपनि रिवाउन्डमा बुद्विमान राईकाे प्रहारलाई सन्ताेष हेमरुनले डाईभिङ हेडिङ गर्दै बचाए ।

इन्ज्युरी समयको तेस्रो मिनेटमा राजिव लोप्चनको प्रहारलाई रोशन खड्काले उत्कृष्ट बचाउ गरे । त्यसबाट आएको कर्नरमा एपिएफको तीन प्रहार गोल हुन सकेन । खेल सकिएपछि रेफ्रिमाथि अभद्र व्यवहार गरेपछि एपिएफका सुदीप सिख्राकारलाई रातो कार्ड देखाए ।

यस जितसँगै पुलिसले ९ खेलका १४ अंक बनाएको छ । पुलिस ४ जित र २ बराबरीको नतिजाले पाँचौ स्थानमा उक्लियो । एपिएफ भने ५ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.