default_image

6 years ago

January 27, 2020

थ्री स्टारलाई हराउँदै मछिन्द्र शीर्षस्थानमा

156 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मछिन्द्र क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार रुस्लान थ्री स्टार क्लबलाई २-० ले पराजित गरेको छ । यससँगै मछिन्द्र अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

खेलको १३अौं मिनेटमा रन्जित धिमालकाे फ्रिकिकलाई थ्री स्टारका गाेलरक्षक प्रिसाेले सहजै नियन्त्रणमा लिए । लगत्तै थ्री स्टारका अशाेक खवासकाे क्रसमा हम्जातकाे हेडर पाेस्टबाट थोरै बाहिरियाे । ३३अौं मिनेटमा आन्द्रियस नियाकाे प्रहार बाहिरियाे ।

३८अौं मिनेटमा रेजिन सुब्बाले गाेल गर्दै मछिन्द्रलाई अग्रता दिलाए । रन्जित धिमालको फ्रिकिकलाई गोलरक्षक प्रिसोले पञ्च गरेपनि रेजिनले पेनाल्टी बक्सभित्रबाट गाेल गर्न सफल भएका थिए । रेजिन अर्का फरवार्ड दीपक राई घाइते भएपछि बेन्चबाट छिरेका थिए ।

४१अौं मिनेटमा विशाल राईको फ्रिकिकलाई गोलरक्षकले राम्रोसँग नियन्त्रणमा लिन नसकेकाे बललाई कप्तान बिक्रम लामाले गोललाइनबाट बचाए ।

७८अौं मिनेटमा निसान खड्काकाे फ्रिकिकमा हम्जातकाे हेडर बाहिरिदा थ्रीस्टार बराबरीबाट चुक्याे । ८५अौं मिनेटमा सन्जाेक राईको प्रहारलाई डिफेन्डरले क्लियर गरिदिए ।

निर्धारित समयको अन्तिम मिनेटमा विशाल राई ‘बी’ ले गोल गर्दै मछिन्द्रकाे जित पक्का गरे । बिजय धिमालकाे क्रसमा एडिलाजा सोमिडेले नभेटेकाे बललाई थ्रीस्टारका डिफेन्डरले राम्ररी क्लियर गर्न नसक्दा विशालले जाली चुमाएका थिए । इन्ज्युरी समयको तेस्रो मिनेटमा आडेलाजाको हेडर बाहिरिँदा अग्रता बढ्न सकेन ।

जितसँगै शीर्षस्थानमा उक्लिएको मछिन्द्रको ९ खेलमा १९ अंक भएको छ । १७ अंक जोडेको आर्मीले १ खेल कम खेल्दा मछिन्द्रले ६ जित, २ बराबर र १ हार बेहोरेको छ । अघिल्लो सिजन पुछारबाट दोस्रो रहेको कारण मछिन्द्रको १ अंक घटाइएको छ । यता थ्री स्टार ९ खेलमा १४ अंकसहित पाँचौ स्थानमा सिमित छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.