default_image

6 years ago

January 28, 2020

रेलिगेसन खतरामा रहेको सरस्वतीको पहिलो जित

124 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको उपाधि दौड मात्र होइन रेलिगेसन टार्ने अभियान पनि रोचक बनेको छ । अंक तालिकाको पुछारमा रहेको सरस्वती क्लबले जारी लिगमा पहिलो जित दर्ता गरेपछि तल्लो क्रममा रहेका अन्य टोली माथि दबाब बढेको छ ।


हाइस्कोरिङ म्याचमा सरस्वतीले १२ औं स्थानमा रहेको यति हिमालयन शेर्पालाई मंगलबार ४–३ ले हराउँदै लिगमा पहिलो जित निकालेको हो । यद्दपी टोली पुछारबाट उक्लन भने सकेन । ५ अंक सहित नेपाल एपिएफ १३ औं स्थानमा छ भने सरस्वतीको ४ अंक पुगेको छ । सरस्वतीले यसअघि एउटा खेलमा बराबरी गरेको थियो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सरस्वतीलाई जित दिलाउन काजिम बुसारीले २, विनोद केसी र मनिष थापाले गोल गरेका थिए । शेर्पाका लागि आशिष गुरुङ, विजय श्रेष्ठ, रवि थापाले गोल गरे ।

पाँचौै मिनेटमा बुसारीले गोल गर्दै सरस्वतीलाई अग्रता दिलाए । निशान माझीको क्रसमा विनोद केसीले प्रहार गरेपनि शेर्पाका कप्तान मान बहादुर तामाङले ब्लक गरेपनि पूर्ण बहादुर श्रेष्ठको क्रसमा बुसारीले गोल गरेका हुन् ।

१० औं मिनेटमा आशिष गुरुङले गोल गर्दै शेर्पालाई बराबरीमा ल्याए । रवि थापाको फ्रिकिकमा आशिषले हेडिङ गोल गर्न सफल भएका थिए । २० औं मिनेटमा शेर्पाका गोलरक्षक किशोर गिरीले सरस्वतीको प्रहारलाई मुस्किलले पञ्च गर्दै बचाए ।

३५औं मिनेटमा विनोद केसीले गोल गर्दै सरस्वतीलाई २–१ को अग्रता दिलाए । बुसारीले अलरिच सिवेलाई बिट गर्दै दिएको उत्कृष्ट क्रस पासमा गोलरक्षक समेत विट भएको अवस्थामा विनोदले खाली पोस्टमा गोल गर्न सफल भएका थिए । ४५ औं मिनेटमा विजय श्रेष्ठले गोल गर्दै खेललाई २(२ गोलको बराबरीमा ल्याए ।

६०औं मिनेटमा काजिम बुसारीको प्रहार पोस्टबाट थोरै बाहिरियो । ८४औं मिनेटमा काजिम बुसारीले गोल गर्दै सरस्वतीलाई ३–२ को अग्रता दिलाए । निशान माझीको कर्नरमा बुसारीले हेडमार्फत गोल गर्न सफल भए । ८८औं मिनेटमा मनिष थापाले गोल गर्दै सरस्वतीलाई ४–२ ले अघि बढाए ।

इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा रवि थापाले गर्दै खेललाई ४–३ को अवस्थामा ल्याए । सरस्वतीका बुसारी केल्मी म्यान अफ दी म्याच चुनिए । ९ खेलमा १ जित र ४ खेलमा बराबरी गरेको शेर्पाको ७ अंक छ । आजै अर्को खेलमा त्रिभुवन आर्मी क्लबले प्रभु बैंक जावलाखेल युथ क्लबको सामना गर्नेछ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.