default_image

6 years ago

January 28, 2020

कप्तान भरतको गोलसँगै आर्मी शीर्षस्थानमा उक्लियो

240 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत त्रिभुवन आर्मी क्लबले जावलाखेल युथ क्लबलाई १-० ले पराजित गरेको छ । कप्तान भरत खवासको निर्णायक गोलसँगै आर्मी लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

 

खेलकाे ११ अौं मिनेटमा टंक बहादुर बस्नेतकाे पासमा नवयुग श्रेष्ठले बक्सभित्र बल भेटाएपनि नियन्त्रणमा लिन नसक्दा आर्मी अग्रता लिनबाट चुक्याे । १९  अौंमिनेटमा टंक बहादुर बस्नेतकाे क्रसलाई प्रभु जावलाखेलका गोलरक्षक अरुण ब्लाेनले पञ्च गर्दै बचाए ।

३१  अौं मिनेटमा सुजित बुढाथोकीकाे क्रस पासमा गोलरक्षक बिकेश कुथु बिट भइसकेकाे अवस्थामा फाेडे फाेफानाकाे हेडरलाई आफ्नै टाेलीका ड्याडी जुनियर वाम्वाले गाेललाइनबाट बचाउँदा जावलाखेल अग्रता लिनबाट चुक्याे । ४० अौं मिनेटमा रुप बहादुर लामाकाे फ्रिकिक सदुपयाेग हुन सकेन ।

४७अौं मिनेटमा नवयुग श्रेष्ठकाे प्रहार दोस्रो बारबाट थोरै बाहिरिदा आर्मी पुनः अग्रता लिनबाट चुक्यो । ६२अौं मिनेटमा बिकास खवासकाे क्रस पासमा कप्तान भरत खवासकाे हेडर फितलाे बन्यो । त्यसमै नवयुग श्रेष्ठले ह्यान्ड गर्न पुगे ।

६६अौं मिनेटमा रुप बहादुर लामाकाे उत्कृष्ट प्रहारलाई आर्मीका गाेलरक्षक बिकेश कुथुले उत्कृष्ट डाइभ दिदै बचाए । ७१अौैं मिनेटमा सिमन्त थापाकाे प्रहार पोस्टबाट थोरै बाहिरियाे ।

७४अौं मिनेटमा कप्तान भरत खवासकाे गोलमा आर्मीले खेलमा अग्रता बनायो । टेक बहादुर बुढाथोकीको पासमा भरतको हाफ भली प्रहार टप कर्नरमा उत्कृष्ट गोलमा परिणत भएको थियो । ८४अौं मिनेटमा कर्नरमा एडमा डोम्वियाकाे हेडरलाई सेसेहाङ आङ्देम्वेले गोललाईनबाट क्लियर गरिदिदै सम्भावित बराबरी टारे ।

यस जितसँगै आर्मीले ९ खेलमा २० अंक जोडेको छ । दोस्रो स्थानमा रहेको मछिन्द्रभन्दा आर्मी १ अंकले अगाडि छ । जावलाखेल १२ अंकसहित सातौं स्थानमा रहेको छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.