default_image

6 years ago

January 28, 2020

कप्तान भरतमाथि रंगभेदी टिप्पणीको आरोप !

184 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रभु जावलाखेल युथ क्लबका विदेशी खेलाडी ड्याडी जुनियर वाम्बाले त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवासले आफुलाई रंगभेदी टिप्पणी गरेको आरोप लागेको छ । कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगका दौरान मंगलबार को खेलका दौरान भारतले गाली गरेको उनको आरोप छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रो ट्रफमा मंगलबार भएको निकै नै प्रतिस्पर्धात्मक खेलमा भरतकै एक मात्र गोलमा आर्मी १–० ले विजयी भएको थियो । पहिलो हाफको अन्त्यतिर भरतले जावलाखेलका डिफेन्डर एडमा डोम्बियालाई फउल गर्न पुगेका थए ।

लगत्तै विवादको अवस्था सिर्जना हुदा भरतले वाम्बालाई मङ्की (बादर) भनेको दाबी गरे । त्यसपछि खेल केही बेर बिथोलिएको थियो । त्यसपछ वाम्बाले खेल बहिस्कार गर्न खोज्दा जावलाखेलका पदाधिकारीहरुले सम्झाउदै थपिएको समयमा उनी खेल्न राजी भएको थिए ।

जावलाखेलका प्रशिक्षक नरेश थापाले पनि राष्ट्रिय स्तरको खेलाडीले यस्तो व्यवहार गर्नु नराम्रो भएको बताए । ‘राष्ट्रिय स्तरको खेलाडीले मैदानमा बराम्बार मुख छाडेको सुनेको थिए । रेफ्री पनि त्यही थियो । हामीले सुन्ने रेफ्रीले नसुन्ने भन्ने हुन्छ ? फोर्थ अफिसियलसँग कुरा गर्दा हामीले पनि सुन्नुपर्छ । हामीले सुनेको भए कार्ड भइहाल्छ भन्ने जवाफबाट पन्छिन खोज्दछ ।’

खेलपछि प्रशिक्षक थापाले भने, ‘म्याचमा रेफ्रीको डिसिजन नै अन्तिम हुन्छ । म्याचभित्र हामीले केही गर्न गर्न र भन्न सक्दैनौं । हामीले यसबारे सम्बन्धित निकायमा आजको घट्नाबारे रिपोर्ट दिन क्लबको निर्णय भइसकेको छ ।’ अन्तर्राष्ट्रिय फुटबलमा पनि रंगभेदी हिसाबमा मङ्की शब्द दोहोरिदै आएको छ । नेपाली खेलकुदमा रंगभेदटको घट्ना बाहिर आएको सम्भवत् यो नै पहिलोपटक हो ।

ए डिभिजन लिग डाइरेक्टर सन्जिव मिश्रले यो रंगभेदी दुव्र्यवहार अन्तर्राष्ट्रिय फुटबलमा पनि रहेको र यो घट्नाको छानबिन गर्दै दोषी ठहरिए कारवाही हुने बताएका छन् । ‘कुन खेलाडीले कसलाई यस्तो भनेको हो । हामी भिडियो फुटेज हेरेर छानबिन गर्नेछौं । दोषी ठहरिए कारवाही अवश्य हुनेछ । यस विषयमा हामीसँग कोर्ड अफ कन्डक्ट छैन । तर, पनि हामी फिफाको नियममा रहेर दोषीमाथि कारवाही गर्नेछौं । दोषी ठहरिए दोषी उम्कने छैन ।’

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.