6 years ago
January 29, 2020
काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगत नवौं राउन्डको तेस्रो दिन आज (बुधबार) एक खेल मात्रै हुदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुने खेलमा गतवर्षको विजेता मनाङ–मस्र्याङ्दी क्लब र संकटा क्लब आमने–सामने हुदैछ ।
खेल दिउँसो ३ बजेपछि हुनेछ । लिगमा अपराजित एक्लो मनाङ संकटाविरुद्ध जित निकाल्दै उपाधि होडमा कायमै रहन चाहन्छ । ८ राउन्डसम्म ४ जित र ४ बराबरीको नतिजा निकाल्दै १६ अंक जोडेको मनाङ तेस्रो स्थानमा छ । यस्तोमा मनाङ संकटालाई पराजित गर्दै शीर्ष दुई टोली आर्मी र मछिन्द्र क्लबसँगको अंक दुरी छोट्याउदै उपाधि होडमा उभिन चाहन्छ । शीर्ष टोली आर्मीको ९ खेलबाट २० तथा मछिन्द्रको १९ अंक छ ।
अघिल्लो वर्ष लिग जित्दाका महत्वपुर्ण खेलाडीले क्लब छाडेपछि नयाँ र युवा खेलाडीलाई समावेश गरेको मनाङले उत्कृष्ट खेल पस्कन नसकेपनि नतिजा भने निकाल्न सफल भएको छ ।
त्यही नतिजा संकटाविरुद्ध दोहो¥याउने दाउमा मनाङ हुनेछ । मनाङसँग रन्जन विष्ट, अन्जन विष्ट, बिमल राना, दयानन्द सिंह, दीप कार्की, लुइस भिडाल र पुजन उपरकोटीजस्ता खेलाडीको साथ छ ।
यता, संकटा पनि मनाङको अपराजित यात्रालाई ब्रेक गर्दै ३ अंक जोड्ने दाउँमा हुनेछ । लिगमा ८ खेल खेलेको संकटाको १२ अंक छ । संकटासँग लक्ष्मण रुचाल, सुवास गुरुङ, सरोज दाहाल, कर्ण लिम्बु, विष्णु सुनार, राजेन्द्र रावल, अमित तामाङ र दिपेश आलेमगरसँगै प्रोलाद रोय, अर्नेष्ट टम्पी जस्ता विदेशी खेलाडीको साथ छ । आठौं स्थानमा रहेको संकटा मनाङलाई पराजित गर्दै पाँचौं स्थानमा उक्लने छ ।
गत वर्ष मनाङले संकटालाई ३–१ ले पराजित गरेको थियो । मनाङ सोही जितलाई निरन्तरता दिने दाँउमा तथा संकटा गतवर्षको हारको बदला लिने लक्ष्यमा मैदानमा उत्रनेछ । मनाङ र संकटाबीचको खेल रोचक हुने अपेक्षा गरिएको छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]