6 years ago
January 29, 2020
एजेन्सी – पाँच खेलको टि ट्वान्टी सिरिज अन्तर्गत तेस्रो खेलमा पाहुना टोली भारतले न्युजिल्यान्डलाई १ सय ८० रनको लक्ष्य दिएको छ ।

सेड्डन पार्क ह्यामिल्टनमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७९ रन बनायो । भारतका ओपनर रोहित शर्माले सर्वाधिक ६५ रनको योगदान दिए । हमीश बेनेटले ११ औं ओभरको चौथो बलमा टिम साउथीबाट क्याच गराउनु अघि रोहितले ४० बलमा ६ चौका र ३ छक्का प्रहार गरे । रोहितले छैटौं ओभरमा बेनेटलाईनै ३ छक्का र २ चौका गरि २७ रन जोडेका थिए ।
पहिलो विकेटका लागि लोकेश राहुल र रोहितले ९ ओभरमा ८९ रनको साझेदारी उत्कृष्ट सुरुवात दिलाएका थिए । कोलिन डी ग्रान्डहोमले कोलिन मुनरोबाट क्याच गराउनु अघि राहुलले १९ बलमा २ चौका र १ छक्का सहित २७ रन जोडे । बेनेटलेनै शिवम दुबेलाई ३ रनमा ईश सोधीबाट क्याच गराए । श्रेयस ऐर १७ रनमा स्टम्पिङ आउट हुन पुगे ।
बेनेटलेनै कप्तान विराट कोहलीलाई १९ औं ओभरको पाँचौ बलमा साउथीबाट ३८ रनमा क्याच आउट गराए । कोहलीले २७ बमा २ चौका र १ छक्का प्रहार गरे । मनिष पाण्डे १४ र रविन्द्र जडेजा १० रनमा अविजित रहे । हमिश बेनेटले ४ ओभरमा ५४ रन खर्चेर ३ विकेट लिए । मिचेल सान्टनार र कोलिन डी ग्रान्डहोमले १-१ विकेट लिए ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]