default_image

4 years ago

February 1, 2020

मछिन्द्रविरुद्ध एपिएफलाई अग्रता

40 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पुछारबाट दोस्रो स्थानमा रहेको नेपाल एपिएफ क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार उपाधि दावेदार मछिन्द्रविरुद्ध अग्रता लिएको छ ।

रमेश दंगालको गोलमा एपिएफ पहिलो हाफ सकिँदा १-० ले अगाडि छ । २१अौं मिनेटमा आशिष लामाको पासमा प्रदिप लामाको प्रहारलाई मछिन्द्रका गोलरक्षक बिशाल श्रेष्ठ पञ्च गर्दै बचाए । लगत्तै नवीन लामाको कर्नरमा रमेश दंगालको हेडरलाई बिशालले पञ्च गर्दै बचाए ।

४३अौं मिनेटमा रमेश दंगालले हेडमार्फत गोल गर्दै एपिएफलाई अग्रता दिलाए । राजिव लाेप्चनलाई पिटर सेगुनले फउल गरेपछि नवीन लामाले प्रहार गरेकाे फ्रिकिकलाई रमेश दंगालले हेडमार्फत गोल गर्दै अग्रता दिलाए ।

यस खेलमा जित दर्ता गरेका एपिएफको रेलिगेसन डर केहि कम हुनेछ । यता मछिन्द्रलाई भने हारले उपाधि दावेदारीमा ठूलो धक्का पुग्नेछ ।

May 18, 2024

एडर्सनले दुई महत्वपूर्ण खेल गुमाउने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका पहिलाे राेजाईका ब्राजिली गोलरक्षक एडर्सन मोराएसले दुई महत्वपूर्ण खेल गुमाउने भएका छन् । आँखाको चोटका कारण मोराएसले प्रिमियर लिगको उपाधि निर्णायक र एफए कपको फाइनल खेल गुमाउने भएका हुन् । मंगलबार टोटेनहमलाई २–० ले पराजित गरेको खेलमा ३० वर्षीय मोराएसले चोट बोक्न पुगेका थिए । स्पर्शका क्रिस्टियन रोमेरोसँग जुध्न […]

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

Success

Thank you for your time.