6 years ago
February 4, 2020
काठमाडौं (हाम्रा खेलकुद)– सरस्वती युवा क्लबका कप्तान दीपेश श्रेष्ठ निलम्बनमा परेका छन् । खेल मिलेमतोका लागि प्रयास गरेको आशंकामा थप अनुसन्धानका लागि भन्दै कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगका बाँकी अन्तिम ३ खेलमा उनले खेल्न नपाउने भएका छन् ।

गत साता सरस्वती क्लबले यति हिमालयन शेर्पा क्लबलाई ४–३ ले हराएको खेलमा म्याच फिक्सिङ (खेल मिलेमतो) भएको आशंकामा अखिल नेपाल फुटबल संघ (एन्फा) ले अनुसन्धान थालिसकेको छ । लिगमा इन्टिग्रिटी अफिसर सुदीप आचार्यसहितको टोलीले सरस्वतीका दीपेश र हिमालयन शेर्पाका खेलाडी र अफिसियल गरि ५ जनालाई सोधपुछ गरेको बुझिएको छ ।
छानविनका क्रममा सरस्वतीका कप्तान दीपेशले शेर्पाका गोलकिपर किशोर गिरीलाई मिलेमतोका लागि प्रस्ताव गरेको देखिएपछि त्यसकै आधारमा उनीमाथि निलम्बन भएको श्रोतले बतायो । शेर्पाका गोलकिपर किशोर, आशिष गुरुङ, एक विदेशी खेलाडी, गोलरक्षक प्रशिक्षक मिन बस्नेत र व्यवस्थापक विजेन्द्र पुडासैनीसँग इन्टिग्रिटी अफिसर सहितको टोलीले छानविन गरेको बुझिएको छ ।
छानविनका क्रममा गोलकिपर किशोरले दीपेशले गरेको फोन ह्यान्डस्फ्री गरेर गोलकिपर प्रशिक्षक, व्यवस्थापक अन्य केहि खेलाडीलाई सुनाएको देखिएको बताइएको छ । शेर्पा गोलकिपरले दीपेशको प्रस्तावलाई अस्वीकार गरेको देखिएकोले उनीहरु माथि अहिले कुनै कारवाही नभएको बताइएको छ । यद्दपी छानविन भने चलिरहेको श्रोतको दाबी छ ।
‘खेल मिलेमतो भएको देखिँदैन । तर जसले प्रस्ताव गरेको देखिन्छ त्यो मिलेमताको सुरुवात हो’, श्रोतले भन्यो, ‘त्यसैले सरस्वतीका कप्तान दीपेशलाई निलम्बन गरिएको हो ।’

लामो समयदेखि घरेलु लिगमा मिलेमतोका चर्चा हुने गरेपनि यसअघि कहिल्यै कसैलाई बयान लिएको सार्वजनिक भएको छैन । यसपटक भने खेलाडी र अफिसियलहरुमाथि सोधपुछ भएको देखिन्छ । ४० को दशक देखि नै घरेलु लिगमा मिलेमतो हुने गरेको फुटबलकर्मीहरु नै स्वीकार गर्छन् । यद्दपी त्यति बेलाको मिलेमतो व्यक्तिगत, केहि क्लबका पदाधिकारीहरुको सम्बन्धका आधारमा सहयोग गर्ने तहमा हुने गरेको थियो । त्यति बेला पैसाका लागि मिलेमतो नगरिने बताइन्छ ।
२०६० साल यताबाट भने घरेलु लिगमा पैसाकै लागि मिलेमतो हुन थालेको बताइन्छ । कतिपय अवस्थामा क्लबका बीचमा र कतिपय अवस्थामा खेलाडीहरुका बीचमा खेल मिलेमतो हुने गरेको नेपाली फुटबलका जानकारीहरु बताउँछन् । एन्फाले खेल मिलेमतोलाई कडा भन्दा कडा कारवाही गरिने भन्दै पटक पटक समिति पनि गठन गरेको उदाहरण छन् । तर, कहिल्यै कुनै कारवाही भएको इतिहास छैन ।
यसपटक भने मिलेमतोको शंकामा छानविन सुरु भएको देखिन्छ । यद्दपी, यसले घरेलु लिगमा कत्तिको प्रभाव पार्छ अहिले भन्न सकिने अवस्था छैन । ‘कहि न कहिबाट सुरु गर्नुपर्छ । यो मिलेमतो रोक्नका लागि पहिलो कदम हो,’ श्रोतले भन्यो , ‘एन्फाले पूर्ण अधिकार दिएर पुलिसको समेत सहयोग लिएर छानविन गर्ने हो भने मिलेमतो रोक्न सकिन्छ । मिलेमतो फुटबल विकासको सबैभन्दा ठूलो बाधक हो । यसलाई गम्भिरतापूर्वक लिइनुपर्छ । मिलेमतोले फुटबललाई सिध्याउँछ । त्यसैले यसलाई हल्का लिनु हुन्न ।’
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]