default_image

6 years ago

February 6, 2020

दुवै खेलमा उपाधि र रेलिगेसन संघर्ष

169 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (बिहीबार) देखि ११औं राउन्डको खेल शुरु हुदैछ । ११औं राउन्डको पहिलो दिन दुई खेल हुनेछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा दिनको पहिलो खेलमा सानमिगेल मछिन्द्र क्लब र सरस्वती क्लबबीच बिहान ११ः३० बजे तथा दिउँसो ३ बजे विभागीय डर्वी भिडन्तमा त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
आजको दुवै खेल चार टोलीको लागि उपाधि र रेलिगेसनको लडाईं हुनेछ ।

मछिन्द्र र आर्मीका लागि उपाधिका लागि जति महत्व छ, त्यति नै रेलिगेसन जोनमा रहेको सरस्वती र एपिएफलाई छ । मछिन्द्र सरस्वतीलाई पराजित गर्दै शीर्षस्थानमा उक्लदै उपाधि जित्ने दाउँमा रहँदा सरस्वती मछिन्द्रलाई स्तब्ध पार्दै रेलिगेसनबाट बच्ने अभियानमा मैदानमा उत्रनेछ ।

मछिन्द्रको १० खेलबाट २२ अंक छ । समान खेलबाटै सरस्वती ४ अंक जोडेर रेलिगेसनमा छ । मछिन्द्र सरस्वतीलाई पराजित गर्दै आजै हुने आर्मी र एपिएफबीचको नतिजा अघिसम्म शीर्षस्थानमा उक्लने छ ।

स्टार खेलाडीले भरिएको मछिन्द्र सरस्वतीमाथि हावी हुन सक्नेछ । रन्जित धिमाल, बिशाल श्रेष्ठ, देवेन्द्र तामाङ, बिशाल राई ‘बी’, रेजिन सुब्बा, सुजल श्रेठ, बिशाल राई ‘ए’, बुद्धराज लिम्बु, दीपक राई, विराज महर्जन, योगेश गुरुङ, एडिलाजा सोमिडे, एन्द्रियस निया र पिटरसेगनु जस्ता घरेलु फुटबलमा नाम चलेका खेलाडीको मछिन्द्रलाई साथ छ । उपकप्तान सुजल श्रेष्ठ र रेजिन सुब्बाको चोट मछिन्द्रको लागि टाउको दुखाईको विषय हुन सक्नेछ ।

सरस्वतीसँग बराबरी या पराजित भएको खण्डमा मछिन्द्रको उपाधि यात्रामा धक्का लाग्नेछ । त्यसैले मछिन्द्र जसरी पनि सरस्वतीलाई पराजित गर्दै उपाधि जित्ने अभियानमा उत्रनेछ । यता, सरस्वती पनि स्टार खेलाडीले भरिएको मछिन्द्रलाई स्तब्ध पार्दै रेलिगेसनबाट बच्ने दाउँमा हुनेछ । मछिन्द्रलाई हराएमा सरस्वतीको रेलिगेसनबाट जोगिने आशा हुनेछ ।

कप्तान दिपेश श्रेष्ठ अनुसन्धानका लागि रहेका कारण लिगका बाँकी सबै तीन खेल गुमाउनेछ । यस्तो अवस्थामा सरस्वती संयमित हुदै मछिन्द्रलाई रोक्ने दाउमा हुनेछ ।

यता, विभागीय डर्वीमा आर्मी एपिएफलाई पराजित गर्दै लिग जित्ने सम्भावनालाई बलियो बनाउन चहान्छ । विभागीय नेपाल पुलिससँग खेलमा दुईपटक पछि परेर पनि आर्मीले उत्कृष्ट पूनरागमन गर्दै ४–२ को जित हात पारेको थियो । त्यही उच्च मनोवलका साथ आर्मी एपिएफविरुद्ध मैदानमा उत्रनेछ ।

भरत खवास, नवयुग श्रेष्ठ, जर्जप्रिन्स कार्की, बिकेश कुथु, सुमन अर्याल, बिकास खवास, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्वे, दिनेश हेन्जन, किास तामाङ, टंक बस्नेत र टेक बहादुर बुढाथोकीको आर्मीलाई साथ छ । एपिएफसँग बराबरी वा पराजित भएको खण्डमा मछिन्द्र अघि बढ्न सक्नेछ । आर्मीको पहिलो उपाधि जित्ने अभियानमा बाधा पुग्न सक्नेछ ।

यता, लिगमा राम्रो खेल पस्केपनि एपिएफले सोचे अनुरुपको नतिजा निकाल्न सकेको छैन । एपिएफ आर्मीलाई हराउदै रेलिगेसनबाट बच्दै आर्मीको उपाधि यात्रामा धक्का लगाउने दाँउमा हुनेछ । आर्मी १० खेलाट २३ अंक जोडेर शीर्षस्थानमा छ । एपिएफ ५ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.