default_image

6 years ago

February 6, 2020

पहिलो हाफमा मछिन्द्रको अग्रता

209 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिग फुटबलको एघारौ चरणको पहिलो खेलमा बिहीबार शीर्ष स्थानको मछिन्द्र क्लब र पुछारको सरस्वती युथ क्लवबीच प्रतिस्पर्धा भैरहेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको जारी खेलको पहिलो हाफको समाप्तीमा मछिन्द्रले १–० ले अग्रता लिएको छ । ४०औं मिनेटमा देवेन्द्र तामाङले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । रन्जित धिमालको कर्नरमा देवेन्द्र हेडमार्फत गोल गर्न सफल भएका हुन् ।

त्यसअघि खेलको ११औं मिनेटमा बिशाल राई बीको क्रसमा विशाल राई एको प्रहार पोस्टबाट थोरै बाहिरियो । १९औं मिनेटमा कप्तान विराज महर्जनको पासमा रन्जित धिमालको प्रहार सरस्वतीका गोलरक्षक प्रदिप भण्डारीले बचाए ।

२३औं मिनेटमा विजय धिमालले एकल प्रयासमा गरेको प्रहार आकासियो । ३३औं मिनेटमा विशाल बी को फ्रिकिक बाहिरियो । आजको खेलमा मछिन्द्र सरस्वतीलाई पराजित गर्दै उपाधि होडमा बलियो बन्न चाहान्छ । बराबरीको नतिजाले पनि मछिन्द्रको उपाधि होडमा धक्का लाग्नेछ ।

यता सरस्वती भने मछिन्द्रलाई हराउने वा बराबरीमा कोशिसमा हुनेछ । सरस्वतीका कप्तान दिपेश श्रेष्ठले खेल मिलेमोतको प्रस्ताव गरेको आशंकाका अनुसन्धान जारी रहेकोले लिगका बाँकी तीनै खेलमा निलम्बनमा छन् ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.