default_image

6 years ago

February 6, 2020

सरस्वतीविरुद्ध मछिन्द्रको आधा दर्जन गोल

199 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– सानमिगेल मछिन्द्र क्लबले अर्को जित निकालेपछि कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको उपाधि दौड थप रोचक बन्दै गएको छ ।

रेलिगेसन दबाबमा रहेको सरस्वती युथ क्लबमाथि ६–१ को आरामदायी जित निकाल्दै मछिन्द्र केहि समयका लागि लिग अंक तालिकाको शीर्षस्थानमा उक्लेको छ । ११ खेलमा मछिन्द्रको २४ अंक पुगेको छ । एक खेल कम खेलेको त्रिभुवन आर्मी क्लबको २३ अंक छ । आजै हुने खेलमा नेपाल एपिएफ क्लबलाई हराउन सके आर्मी पुनः शीर्षस्थानमा उक्लनेछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा मछिन्द्रलाई जित दिलाउन दीपक राईले २, देवेन्द्र तामाङ , विशाल राई ‘ए’, एडिलाज सोमिडे र आन्द्रेस नियाले समान गोल गरेका थिए । ४०औं मिनेटमा देवेन्द्र तामाङले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । रन्जित धिमालको कर्नरमा देवेन्द्र हेडमार्फत गोल गर्न सफल भएका हुन् ।

५४औं मिनेटमा दीपकले एकल प्रयासमा गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर पारे । विजय धिमालको लामो पासमा अफसाइड बिट ट्याप गर्दै दीपकले एक डिफेन्डर र गोलरक्षकलाई छलाउदै पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

५८औं मिनेटमा रन्जितको क्रस पासमा विशालले गोल गर्दै मछिन्द्रलाई खेलमा ३–० को अग्रता दिलाए । गोलरक्षक प्रदीप भण्डारीबाट बल खोस्दै गरेको क्रसमा विशालले क्लोज रेन्जबाट गोल गरेका थिए ।

७७ औं मिनेटमा योगेश गुरुङको फ्लिक पासमा दीपकले व्यक्तिगत दोस्रो गोल गरेपछि मछिन्द्रले खेलमा ४–० को आरामदायी आग्रता बनाएको थियो । लगत्तै दीपक पेनाल्टीमा चुके । सरस्वतीका कप्तान राज शाहीले एडिलाजा सोमिडेलाई पेनाल्टी बक्समा लडाएपछि प्राप्त पेनाल्टीमा दीपकको प्रहार आकासियो ।

८६ औं काजिम बुसारीले पेनाल्टीमा गोल गर्दै खेललाई ४–१ को अवस्थामा पु¥याए । पिटर सेगुनले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि सरस्वतीले पेनाल्टी पाएको थियो । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा एडिलाजा सोमिडे गोल गर्द मछिन्द्रलाई ५–१ ले अघि बढाए त्यसपछि आन्द्रेस नियाले गोल गर्दै मछिन्द्रको ६–१ को शानदार जित पक्का गरे ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.