default_image

6 years ago

February 7, 2020

अनन्तको गोलमा थ्री स्टारको जित

179 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लब संकटा क्लबलाई शुक्रबार १–० ले हराउँदै कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ । दोस्रो हाफमा रक्षक अनन्त तामाङले गरेको गोलमा थ्री स्टार विजयी भएको हो ।

११ खेलमा छैटौं जितपछि थ्री स्टारको २० अंक पुगेको छ । शीर्षस्थानको त्रिभुवन आर्मी क्लबको २६ र दोस्रो स्थानको सानमिगेल मछिन्द्र क्लबको २५ अंक छ । १९ अंकको नेपाल आयल निमग मनाङ मस्र्याङ्दी क्लब चौथो स्थानमा झरेको छ । मनाङले १ खेल कम खेलेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा अनन्तले ६१ औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक बन्यो । संकटाका रक्षकबाट डिफेक्ट भएर आएको बलमा अनन्तले नजिकबाट गोल गरेका थिए । संकटा १५ अंकसहित पाँचौं स्थानमा छ ।

आज दिउँसो ३ः०० बजे सुरु हुने खेलमा नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लब (बिबिसी) बीच प्रतिस्पर्धा हुनेछ । १० खेलमा पुलिसको १४ अंक छ र टोली आठौं स्थानमा छ । त्यत्ति नै खेलमा ८ अंकसहित बिबिसी ११ आंै स्थानमा छ ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.