6 years ago
February 8, 2020
काठमाडौं (हाम्रो खेलकुद)– यति हिमालयन शेर्पा कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको रेलिगेसनबाट लगभग उम्केको छ । च्यासल युथ क्लबलाई शनिबार ३–२ ले हराउँदै शेर्पाले लिगमा दोस्रो जित हासिल गरको छ । जितपछि शेर्पाको १० अंकका साथ ११ औं स्थानमा उक्लेको छ । ब्रिगेड ब्वाइज क्लब (बिबिसी) १२ औं स्थानमा झरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा शेर्पालाई जित दिलाउन विजय श्रेष्ठले २ र त्रिदेव गुरुङले १ गोल गरेका थिए । च्यासलका लागि दुवै गोल हायातो वकिनाले गरे । २८ औं मिनेटमा विजयले गोल गदैै शेर्पालाई अघि बढाए भने त्रिदेवले ३३ औं मिनेटमा गोल गरे ।
वाकिनोले ३७ औं मिनेटमा गोल गर्दा पहिलो हाफमा शेर्पा २–१ ले अगाडि रह्यो । दोस्रो हाफको पाँचौं मिनेटमा विजयले अर्को गोल गरे । च्यासलका लागि वाकिनोले ८९ औं मिनेटमा गोल गर्दै अन्तर घटाएपनि टोलीको हार टरेन । १२ अंकसहित च्यासल १० औं स्थानमा छ ।
लिग तालिकाको पुछारमा रहने टोली रेलिगेनमा पर्नेछ । अन्तिम चरणका २ खेल बाँकी रहँदा १२ औं स्थानको बिबिसीको ८, एपिएफको ५ र सरस्वती क्लबको ४ अंक छ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]