default_image

6 years ago

February 8, 2020

फ्रेन्ड्सलाई हराउँदै जावलाखेल पाँचौं स्थानमा

151 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– प्रभु बैंक जावलाखेल युथ क्लब शनिबारको खेलमा सफलता हासिल गर्दै कतार एयरवेज सहिद स्मारक ए डिभिज लिगको पाँचौं स्थानमा उक्लेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा जावलाखेलले एनआइबिएल फ्रेन्ड्स क्लबमाथि १–० को जित हासिल गदैं अंक तालिकामा नेपाल पुलिस क्लबलाई पछि पार्दै पाँचौं स्थानमा उक्लेको हो ।

 

जावलाखेलले ११ खेलमा ५ जित ३ बराबर र ३ खेलमा हार बेहोरेको छ । फोडे फोफानाले गरेको गोल नै खेलको निर्णायक बनेको थियो । उनले ६२ औं मिनेटमा गोल गरेका थिए । फ्रेन्ड्सले १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेका थिए । ६२ औं मिनेटमा साउल डी अक्विनोले रातो कार्ड पाउँदै मैदान छाडेका थिए । फेन्ड्स १४ अंकसहित नवौं स्थानमा छ ।

त्यसअघिको खेलमा च्यासल युथ क्लबलाई ३–२ ले हराउँदै यति हिमालयन शेर्पाले रेलिगेसन सम्भावनालाई लगभग टारेको थियो । लिगमा दोस्रो जित हासिल गर्दै हिमालयन शेर्पा ११ औं स्थानमा उक्लेको छ । शेर्पाले ११ खेलमा ४ खेलमा बराबरी र ५ खेलमा हार बेहोरेको थियो ।

नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लब र न्यूरोड टिम (एनआरटी) बीच शनिबार दिउँसो ३ः०० बजेका लागि तय खेल प्राविधिक कारण स्थिगित गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको थियो । त्यो खेल हलचोकस्थित एपिएफको मैदानमा तय थियो ।

तर, अन्तिम समयमा आएर एन्फाले स्थगित गरिएको जानकारी गराएको छ । आजको लागि तय खेल भोली एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार १ः०० बजे हुने एन्फाले जनाएको छ । १० खेलमा मनाङको १९ अंक छ र टोली चौथो स्थानमा छ । एनआरटी भने १५ अंक सहित आठौं स्थानमा छ ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.