5 years ago
February 9, 2020
काठमाडौं (हाम्रो खेलकुद)– कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको ११ औं चरणको अन्तिम खेलको पहिलो हाफमा नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लबले न्यू रोड टिम एनआरटीविरुद्ध २ –० को अग्रता लिएको छ ।
मनााङका लागि विमल राना र अन्जन विष्टले गोल गरेका थिए । विमलले ३५औं मिनेटमा गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए । कप्तान कमल श्रेष्ठको क्रस पासमा विमलले हेडमार्फत गोल गरेका थिए ।
त्यसअघि मनाङले गोल गर्ने अवसर गुमाएको थियो । १८औं मिनेटमा अन्जन बिष्टको क्रस मा विमलको हेडर एनआरटीका गोलरक्षक अजित प्रजापतिले रोके । २७ औं मिनेटमा कमल को कर्नरमा विमलको हेडर क्रसबारबाट थोरै बाहिरियो ।
३२औं मिनेटमा लुइस भिडालको पासमा अन्जनले वान भर्सेस वानमा गोल गर्न नसक्दा मनाङ अग्रता लिनबाट चुक्यो । उनको प्रहार पोस्टबाट थोरै बाहिरिएको थियो । ४३ औं मिनेटमा अन्जनले पेनाल्टीमा गोल गर्दै मनाङको अग्रता दोब्बर पारे । पेनाल्टी बक्समा अन्जनलाई एन्ड्री थिएरी बियकले फाउल गरेपछि मनाङले पेनाल्टीको मौका थियो ।
मनाङ र एनआरटीबीच शनिबार लागि तय खेल प्राविधिक कारण देखाउँदै अखिल नेपाल फुटबल संघ (एन्फा) स्थगित गरेको थियो । त्यो खेल हलचोकस्थित एपिएफको मैदानमा तय थियो । तर, अन्तिम समयमा आएर एन्फाले स्थगित गरेपछि आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा जारी छ ।
December 15, 2024
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बार्यन म्युनिखले शनिवार सिजनको पहिलो हार बेहोरेको छ। भिन्सेन्ट कम्पोनीको टोली बार्यन माइन्जसँग २-१ ले पराजित भएको हो। माइन्जका लागि दुवै गोल दक्षिण कोरियाली फरर्वाड लि जे सुङले गरे । बार्यनका लेरोय सानेले गोल गरे। रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै सुङले ४१ औं मिनेटमा पहिलो गोल गरे । ६० औं मिनेटमा […]
December 15, 2024
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिवार शीर्षस्थानको लिभरपुल र तेस्रो स्थानको आर्सनलले अलग अलग खेलमा बराबरी खेलका छन् । खेलको अन्त्य तिर गोल फर्काउँदै लिभरपुल फुलह्यामसँग हारबाट जोगिएको हो । आर्सनलले एभर्टनसँग गोलरहित बराबरी खेलेको छ। १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको लिभरपुल दुई पटक खेलमा पछि परेर पनि बराबरी गर्न सफल रह्यो। लिभरपुलका […]
December 15, 2024
एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगामा शनिवार रातो भालेसानोसँग ३-३ को बराबरीमा रोकिएको छ । बार्सिलोनासँग अंक बराबरी गर्दै शीर्ष स्थानमा जाने मौकालाई रियलले चुकाएको छ । खेलमा भालेसानोले २-० को अग्रता जोगाउन सकेन । भालेसानोका उनाइ लोपेज, अब्लुद मुमिन र इसी पालेजोन तथा रियलका फेडरिको भाल्भेर्डो, जुड बेलिङघम र रोड्रिगोले गोल गरे । लोपेजले […]