default_image

6 years ago

February 9, 2020

एनआरटीलाई हराउँदै मनाङ पुनः तेस्रो स्थानमा

223 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– न्यू रोड टिम (एनआरटी) लाई आइतबार ४–१ ले हराउँदै नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लब कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको अंक तालिकामा पुनः तेस्रो स्थानमा उक्लेको छ ।

जितपछि मनाङ २२ अंकसहित तेस्रो स्थानमा उक्लेको छ । शीर्षस्थानको त्रिभुवन आर्मी क्लबको २६ र सानमिगेल मछिन्द्र क्लबको २५ अंक छ । चौथो स्थानमा झरेको रुस्लान थ्री स्टार क्लबको २० अंक छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा मनाङलाई दिलाउन अन्जन विष्टले २ तथा विमल राना र दयानन्द सिंहले समान १ गोल गरे ।

विमलले ३५औं मिनेटमा गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए । कप्तान कमल श्रेष्ठको क्रस पासमा विमलले हेडमार्फत गोल गरेका थिए । ४३ औं मिनेटमा अन्जनले पेनाल्टीमा गोल गर्दै मनाङको अग्रता दोब्बर पारे । पेनाल्टी बक्समा अन्जनलाई एन्ड्री थिएरी बियकले फाउल गरेपछि मनाङले पेनाल्टीको मौका थियो ।

६५औं मिनेटमा लुईस भिडालको पासमा अन्जनले अर्को गोल गरेपछि मनाङलाई खेलमा ३–० ले अघि बढ्यो । ८९औं मिनेटमा सकल रेग्मीले गोल गर्दै खेललाई ३-१ को अवस्थामा ल्याए । इन्ज्युरी समयको थप गरिएको पाँचौै मिनेटमा दायानन्द सिंहले गोल गर्दै मनाङलाई ४(१ को जित दिलाए । फेमी जोसको पासमा लुइस भिडालले दिएको पासमा दयानन्द सिंहले गोल गर्न सफल भएका थिए ।

त्यसअघि मनाङले गोल गर्ने अवसर गुमाएको थियो । १८औं मिनेटमा अन्जन बिष्टको क्रस मा विमलको हेडर एनआरटीका गोलरक्षक अजित प्रजापतिले रोके । २७ औं मिनेटमा कमल को कर्नरमा विमलको हेडर क्रसबारबाट थोरै बाहिरियो । ३२औं मिनेटमा लुइस भिडालको पासमा अन्जनले वान भर्सेस वानमा गोल गर्न नसक्दा मनाङ अग्रता लिनबाट चुक्यो । उनको प्रहार पोस्टबाट थोरै बाहिरिएको थियो ।

४३ औं मिनेटमा अन्जनले पेनाल्टीमा गोल गर्दै मनाङको अग्रता दोब्बर पारे । पेनाल्टी बक्समा अन्जनलाई एन्ड्री थिएरी बियकले फाउल गरेपछि मनाङले पेनाल्टीको मौका थियो । ५१औं मिनेटमा लसइस भिडालको क्रसमा विमल रानाको हेडर क्रसबारमा लागेर फर्कियो ।

५३औं मिनेटमा कमलको फ्रिकिकमा अन्जनले हेडमार्फत उत्कृष्ट गोल गरेपनि अफसाइड ठहरिए । मनाङ र एनआरटीबीच शनिबार लागि तय खेल प्राविधिक कारण देखाउँदै अखिल नेपाल फुटबल संघ (एन्फा) स्थगित गरेको थियो । त्यो खेल हलचोकस्थित एपिएफको मैदानमा तय थियो ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.