default_image

6 years ago

February 10, 2020

एक खेल बाँकी रहँदै सरस्वती रेलिगेसनमा

137 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युवा क्लब कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा एक खेल बाँकी रहँदै रेलिगेसनमा परेको छ । सोमबार एन्फा कम्प्लेक्सको मैदानमा च्यासल युवा क्लबसँग २-१ ले पराजित भएपछि सरस्वती बी डिभिजनमा घटुवा भएको हो ।

सरस्वतीले लिगको १२ खेलमा ४ अंक जोड्दै पुछारमा रहँदा १३ औं स्थानमा रहेको ब्रिगेड ब्वाइज र १२ औं स्थानमा रहेको एपीएफको समान ८-८ अंक छ । अन्तिम खेलमा जित हात पारेपनि पुछारबाट उक्लन नसक्ने पक्का भएपछि सरस्वती रेलिगेसनमा परेको हो ।

खेलको १४ औं मिनेटमा मनिष थापाको प्रहार च्यासलका गोलरक्षक एलेन न्यौपानेले बचाए । १६ औं मिनेटमा हमयतो वाकिनोको प्रहार सर्वतीका गोलरक्षक बिष्णु कुमार केसीले मुस्किले बचाए । १८ औं  मिनेटमा टाइगा नाकामुराले फ्रिकिकमा सुन्दर गोल गर्दै च्यासललाई अग्रता दिलाए । दिपक भुसालले टाईगालाई लडाएपछि झन्डै ३५ यार्डमा प्राप्त फ्रिकिकलाई उनैले सदुपयोग गरेका थिए ।

५९ औं मिनेटमा आन्द्रे एक्वेमले झन्डै ३० यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहारलाई गोलरक्षक एलन न्यौपानेले दोस्रो प्रयासमा बचाए । त्यसको ५ मिनेट नबित्दै एक्वेमले आफ्नो पेनाल्टी क्षेत्रभित्र हायातो वाकिनोलाई लडाएपछि च्यासलले पेनाल्टी प्राप्त गर्यो । हायातोले नै पेनाल्टीलाई गोलमा परिणत गर्दै च्यासलको अग्रता दोब्बर पारे ।

सरस्वतीले ७० औं मिनेटमा खेलमा फर्कने सुवर्ण अवसर पायो । फरवार्ड काजिम बुसारीले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट प्रहार गरेको हाफ भली क्रसबारमा लागेर बाहिरियो । ८२ औं मिनेटमा मनिष थापाले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गरेको भली प्रहारले पोस्टको दिशा किन सकेन । ८७ औं मिनेटमा हिसुब थपलियाको पासमा बुसारीको प्रहारले पोस्टको दिशा लिन सकेन । इन्ज्युरी समयमा काजिम बुसारीले गोल फर्काएपनि रेलिगेसन टार्न भने सकेन ।

त्यसअघि दिनको पहिलो खेलमा एपिएफले फ्रेन्ड्सलाई ५-२ ले पराजित गरेको थियो । एपिएफको जितमा आशिष लामा र प्रविणकुमार स्याङ्तानले समान २-२ तथा कप्तान तोपबहादुर विष्टले १ गोल गरे । फ्रेन्ड्सका लागि दोस्रो हाफमा फिलिपे डि सौजा र  विश्व अधिकारीले १-१ गोल फर्काए ।

आशिषले १२ औं मिनेटमा गोलको खाता खोले भने उनले नै ४० औं मिनेटमा अर्को गोल गरेका थिए । फ्रेन्ड्सका लागि फिलिपेले ६९ औं मिनेटमा गोल फर्काउँदै अन्तर घटाए । ७१ औं मिनेटमा एपिएफका लागि प्रविणले गोल गर्दै पुनः गोल अन्तर बढाए ।

त्यसको ५ मिनेटपछि विश्वले फ्रेन्ड्सका लागि गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे । तर इन्ज्युरी समयको चौथो र पाँचौ मिनेटमा एपिएफले गोल गर्दै जित निश्चित गर्यो । इन्ज्युरी समयको चौथो मिनेटमा तोपबहादुर र पाँचौं मिनेटमा प्रविणले गोल गरेका थिए ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.