default_image

4 years ago

February 10, 2020

‘बी’ लिगका लागि बासँबारी सम्हाल्दै युगल

72 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– युगलकिशोर राईको प्रशिक्षणमा बाँसबारी युवा क्लबले यसपटकको सहिद स्मारक ‘बी’ डिभिजिन लिग खेल्ने भएको छ । ‘बी’ लिग फागुन ११ गते काठमाडौंमा सुरु हुँदैछ ।

झापामा एकेडेमी सञ्चालन गर्दै आएका राईले कुनै पनि श्रेणीको क्लब हेर्न लागेको यो पहिलो पटक हो । पछिल्लो दुई सातादेखि उनले टोलीको प्रशिक्षण सम्हालिसकेका छन् ।

‘मलाई तीन वर्षअघि देखि नै क्लबले प्रस्ताव राखेको थियो ,’ राष्ट्रिय फुटबल टोलीका पूर्व सदस्य राईले भने,‘ यसपटक सबै हिसाबले वातावरण मिल्यो र प्रस्तावलाई स्वीकार गरे । टिम पनि राम्रो छ ।बी लिग सम्म हेर्ने सहमति छ । ’

राईले आफुलाई विश्वास गरेकोमा क्लब परिवारलाई धन्यवाद पनि दिए । ‘ मेरो लागि पनि यो एउटा अवसर हो,’ रुस्लान थ्री स्टार र एनआरटीका पूर्व फरवाडउनले थपे,‘ हुन त हामीले फुटबल धेरै काम गर्न बाँकी छ । समग्र हाम्रो फुटबलको स्तर कमजोर भएको अवस्था छ । सबैले आ आफ्नो ठाँउबाट प्रयास गर्नुपर्छ । मैले त्यहि सोचेर यो जिम्मेवारी लिएको छु ।’

केहि समयदेखि राई काठमाडौंमै रहँदै आएका छन् । एएफसी ए लाइसेन्स कोचिङ कोर्षमा भाग लिनका लागि उनी राजधानी आएका हुन् । ‘फस्ट मोडल सकिएको छ,’ राईले भने,‘ सेकेन्ड केहि समय पछि हुन्छ ।’

May 19, 2024

म्यानचेस्टर युनाइटेडलाई प्रिमियर लिगमा आठौं स्थान

एजेन्सी – म्यानचेस्टर युनाइटेडले २०२३/२४ इंग्लिश प्रिमियर लिग सिजनको अन्त्य आठौं स्थानमा रहँदै गरेको छ । सिजनभर राम्रो लय समात्न नसकेको युनाइटेडले लज्जास्पद सिजनको अन्त्य आठौं स्थानमा गरेको हो । लिग सिजनको अन्तिम खेलमा युनाइटेडले ब्राईटन विरुद्ध २-० को जित हासिल गर्यो । युनाइटेडको जितमा डियोगो डालोट र रास्मस होईल्याण्डले एक-एक गोल गरे । युनाइटेडले […]

May 19, 2024

क्लोपको लिभरपुल कार्यकालको सुखद अन्त्य

एजेन्सी – प्रशिक्षक जोर्गेन क्लोपको अन्तिम खेलमा लिभरपुलले सुखद नतिजा प्राप्त गरेको छ । ९ वर्ष पछि लिभरपुलबाट विदा हुन लागेका क्लोपको अन्तिम खेलमा लिभरपुलले वल्भस विरुद्ध २-० को जित दर्ता गरेको हो । लिभरपुलको जितमा एलेक्सिस मक यालिस्टर र ज्यारेल क्वान्साहले १-१ गोल गरे । लिभरपुलले तेस्रो स्थानमा रहँदै लिग सिजनको अन्त्य गरेको छ […]

May 19, 2024

म्यानचेस्टर सिटी लगातार चौथो पटक प्रिमियर लिग च्याम्पियन

एजेन्सी – म्यानचेस्टर सिटी लगातार चौथो पटक इंग्लिश प्रिमियर लिगको उपाधि जितेको छ । लिगको अन्तिम खेलमा वेस्ट ह्याम माथि ३-१ को जित निकालेर आर्सनललाई पछि २ अंकले पार्दै सिटीले कीर्तिमानी लिग उपाधि जितेको हो । इंग्लिश फुटबल इतिहासमा कुनै पनि टिमले लगातार चार पटक लिग उपाधि जितेको यो पहिलो पटक हो । यसअघि हडर्सफिल्ड […]

Success

Thank you for your time.