6 years ago
February 10, 2020
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोली एवंम् नेपाल एपिएफका दुई खेलाडी अलग अलग क्लबबाट खेलेको भारतीय (आई) लिगको जारी सेमिफाइनलको पहिलो हाफमा गोकुलम केरला एफसीले साविक विजेता सेथु एफसीविरुद्ध २–० को अग्रता लिएको छ ।

फरवार्ड सावित्रा भण्डारी ‘सम्बा’ रहेको गोकुलमले पहिलो हाफमै मजबुत अग्रता बनाएको छ । मनिषाको गोलबाट अग्रता लिएको गोकुलमका लागि सावित्राले ४४ औं मिनेटमा गोल गरेकी थिइन् ।
जारी लिगमा सावित्राको त्यो १४ औं गोल हो । उनले टोलीले खेलका सबै ६ खेलमा गोल गरेकी छिन् । उनले प्ले अफमा पनि ३ गोल गरेकी थिइन् ।
सेथुमा भने अनिता बस्नेत समावेश छिन् । अनिता पनि पहिलो रोजाईमै खेलिरहेकी छिन् ।राष्ट्रिय टोली र एपिएफबाट झन्डै ६ वर्षदेखि सँगै खेल्दै आएका सावित्रा र अनिता पहिलो पटक एकअर्काविरुद्ध खेलिरहेका छन् ।

December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]