default_image

6 years ago

February 10, 2020

संकटालाई हराउँदै मछिन्द्र शीर्षस्थानमा उक्लियो

139 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मछिन्द्र क्लब कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको शीर्षस्थानमा उक्लिएको छ । सोमबार एन्फा कम्प्लेक्स मैदानमा संकटालाई ३-१ ले हराउँदै मछिन्द्र अग्रस्थानमा पुगेको हो ।

 

मछिन्द्रको जितमा देवेन्द्र तामाङ, विशाल राई बी र दीपक राईले १-१ गोल गरे । पहिलो हाफका लागि १ मिनेट बाँकी रहँदा देवेन्द्र तामाङले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए। रञ्जित धिमालको कर्नरमा देवेन्द्रले हेडमार्फत गोल गरेका थिए ।

त्यसअघि २६ औं मिनेटमा अर्नेस्ट टम्पीले विपक्षीको प्रहारलाई क्लियर गर्न खोज्दा आफ्नै पोस्टमा पुग्दा संकटाका गोलरक्षक विनय श्रेष्ठले उत्कृष्ट डाइभ दिदै बचाए । लगत्तै प्राप्त कर्नरमा एडिलाजा सोमिडेको हेडर पोस्टबाट थोरै बाहिरदा मछिन्द्र अग्रता लिनबाट चुक्यो । ४० औं मिनेटमा दीपक राईको बक्स बाहिरको प्रहार गोलरक्षक विनय श्रेष्ठले सहजै बचाए ।

५४अौं मिनेटमा लक्ष्मण रुचालको फ्रिकिकलाई मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले सहजै बचाए । ६४अौं मिनेटमा विशाल राई ‘बी’ ले फ्रिकिकमा सिधै गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर पारे । गोलरक्षक पोजिसनमा नरहेको अवस्थामा बिशालको फ्रिकिकले पोस्टको दिशा लिएको थियो । ६७अौं मिनेटमा बुद्वराज लिम्बुको फ्लिक प्रहार बाहिरियो ।

८२अौं मिनेटमा रन्जित धिमालको पासमा दीपक राईले गोल गर्दै मछिन्द्रलाई ३-० को अग्रता दिलाए । ९०अौं मिनेटमा संकटाका मसोउकीले गोल गरेपनि मछिन्द्र ३-१ ले बिजयी हुन सफल भयो ।

यस जितसँगै मछिन्द्रको १२ खेलमा २८ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको आर्मीले १ खेल कम खेल्दै २६ अंक जोडेको छ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.