6 years ago
February 11, 2020
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीका फरर्वाड विमल घर्तीमगर र दीनेश राजवंशीको निलम्बन बिहीबार फुकुवा हुँदैछ । अनुशासन उल्लंघनका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) ले विमल र दीनेशलाई ९० दिन निलम्बन गरेको थियो ।

एउटै घटनामा नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लबका अन्जन विष्ट र त्रिभुवन आर्मी क्लबका सन्तोष तामाङ भने ४५ दिनको निलम्बन फुकुवा भएर घरेलु लिगमा फर्केको डेढ महिना भइसकेको छ । पुनरागमन पछि अन्जन र सन्तोषले उच्च प्रदर्शन गरिरहेका छन् ।
सन्तोषले पुनरागमन गरेकै खेलमा रुस्लान थ्री स्टार क्लबसँग जितमा गोल गरेका थिए । अर्को तर्फ अन्जनले खाता खोल्नका लागि तेस्रो खेल सम्म कुर्नु परेपनि उनी लिगमा तीन पटक म्यान अफ दी म्याच घोषित भइसकेका छन् । निलम्बन अवधि फरक भएपनि जरिवाना भने चारै खेलाडीलाई एन्फाले ५० हजार रुपैयाँ तोकेको थियो ।

विश्वकप छनोट अन्तगर्त कुवेतविरुद्ध मंसिर ३ गते भुटानमा खेल्न जानु अघिल्लो रात डिस्कोमा बिताएका कारण एन्फाले उनीहरुमाथि कारवाही गरेको थियो । कात्तिक ३० गते भुटान जान विदाईका लागि एन्फाका पुगेका यी ४ जनालाई एन्फाले कारवाही गरेपछि उनीहरु घर फर्केका थिए ।
घटनाको झन्डै एक महिनापछि मंसिर २७ गतेबाट लागु हुने गरि कारवाही गरेको थियो । पछि चारै जानले कारवाही घटाउन मंसिर ३० गते अलग अलग अपिल कमिटीलाई निवेदन दिएका थिए । अपिल कमिटिले कारवाही अवधि नघटाई कात्तिक ३० गतेबाट लागु गर्ने निर्णय गरेको थियो ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]