6 years ago
February 11, 2020
काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा मंगलबार नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लबले नेपाल पुलिस क्लबलाई २–० ले पराजित गरेको छ ।

विमल राना र अन्जन विष्टले गोल गर्दै मनाङलाई अग्रता दिलाएका हुन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा विमलको गोलबाट मनाङले अग्रता लिएको थियो । ३२ औं मिनेटमा आदित्य चौधरीले लामो पासमा अन्जन राईले क्लियर गर्न नसकेको बलमा विमलले गोल गरे । ४३ औं मिनेटमा अन्जनले गोल गर्दै अन्तरलाई बढाए । निशान लिम्बुको पासमा अन्जनले हेडमार्फत गोल गरेका थिए ।
दोस्रो हाफमा दुवै टोेलीले गोलको प्रयास गरेपनि गोल निस्कन सकेन। ८९ अौं मिनेटमा पुलिस १० खेलाडीमा समेटियो । काउन्टर एट्याकमा बल अघि बढाईरहेको अवस्थामा विमल रानालाई विशाल बस्नेतले लडाएपछि रेफ्री सुदिश पाण्डेले सिधै रातो कार्ड देखाएका थिए । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा मनाङका दयानन्द सिंहको हेडरलाई गोलरक्षक रोशन खड्काले बचाए ।
यस जितसँगै मनाङको १२ खेलमा २५ अंक भएको छ । मनाङ अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । पुलिस १२ खेलमा १७ अंकसहित छैटौं स्थानमा छ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]