default_image

4 years ago

February 13, 2020

आधादर्जन गोलसँगै पीएसजी सेमिफाइनलमा

एजेन्सी – लिग वान क्लब डिजोनमाथि गोलको वर्षा गर्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) कोपा डि फ्रेन्च कपको सेमिफाइनलमा प्रवेश गरेको छ । पीएसजीले घरेलु टोली डिजोनलाई ६–१ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो । पीएसजीको आधा दर्जन गोलमा पाब्लो सारावियाले दुई गोल गर्दा केलियन एमबाप्पे र थियागो सिल्भाले समान १ गोल गरे […]

37 views

0 Bookmark

एजेन्सी – लिग वान क्लब डिजोनमाथि गोलको वर्षा गर्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) कोपा डि फ्रेन्च कपको सेमिफाइनलमा प्रवेश गरेको छ । पीएसजीले घरेलु टोली डिजोनलाई ६–१ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो ।

पीएसजीको आधा दर्जन गोलमा पाब्लो सारावियाले दुई गोल गर्दा केलियन एमबाप्पे र थियागो सिल्भाले समान १ गोल गरे । दुई गोल उपहार पाएको थियो । घरेलु टोलीका मुनिर चोउएरले गरेको गोल सान्त्वना बन्यो ।

बुधबार राति भएको खेलको पहिलो मिनेटमा नै पीएसजी वेस्ली लोउटोओको आत्मघाती गोलबाट अघि बढेको थियो । १३औं मिनेटमा मुनिर चोउएरले बराबरी गोल फर्काए । ४४औं मिनेटमा केलियन एमबाप्पेले गोल गरेपछि पीएसजीले पहिलो हाफमा २–१ को अग्रता बनायो । दोस्रो हाफमा पीएसजीले चार गोल थप्दै फराकिलो जित निकाल्न सफल भयो ।

५०औं मिनेटमा पाब्लो सारावियाको पासमा कप्तान थियागो सिल्भाले गोल गर्दै पीएसजीलाई ३–१ ले अघि बढाए । त्यसपछिको दुई गोल पाब्लो सारावियाको नाममा रह्यो । ५५औं मिनेटमा सारावियाले गोल गरेपछि पीएसजी फराकिलो जिततर्फ अग्रसर बन्यो । ८६औं मिनेटमा सिनोउ कोउलीवालीले आत्मघाती गोल गरेपछि पीएसजीले खेलमा ५–१ को आरामदायी अग्रता बनायो ।

९०औं मिनेटमा सारावियाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि छैटौं गोल गरेपछि पीएसजीले खेलमा ६–१ को फराकिलो जितसँगै अन्तिम चारको यात्रा तय गर्न सफल भयो ।

अर्काे क्वाटरफाइनलमा लियोनले मार्सेलीलाई १–० ले पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भएको छ । यस्तै रेनिसले एएसएम बेलफोर्टलाई ३–० ले पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको छ । अर्काे सेमिफाइनलमा आज राति इपिनल र सेन्ट इटिएनबीच प्रतिस्पर्धा हुँदैछ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.