default_image

6 years ago

February 13, 2020

कप्तान जुमानुको ह्याट्रिकमा पुलिसको सहज जित

137 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान जुमानु राईको ह्याट्रिकसँगै नेपाल पुलिसले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा बुधबार फ्रेन्ड्स क्लबलाई ३–० को गोल अन्तरले पराजित गरेको छ ।

खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा जुमानुले ह्याट्रिक गर्दै पुलिसलाई सहज जित दिलाएका हुन् ।  उनले ४८ औं मिनेटमा गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए ।

५६ औं मिनेटमा दोस्रो तथा ८५ औं मिनेटमा गोल गर्दै जुमानुले ह्याट्रिक पूरा गरे । जारी लिगमा यो दोस्रो ह्याट्रिक हो । यसअघि रुस्लान थ्री स्टार क्लबका सन्जोक राईले सरस्वतीविरुद्वको खेलमा ह्याट्रिक पूरा गरेका थिए ।

यो जितसँगै पुलिस १३ खेलमा ६ मा जित सहित २० अंकका साथ पाँचौ स्थानमा उक्लिएको छ । त्रिभुवन आर्मी क्लब १२ खेलमा २९ अंक सहित शीर्ष स्थानमा छ ।

सानमिगेल मछिन्द्र क्लब १२ खेलमा २८ अंक सहित दोस्रो स्थानमा छ । मनाङ मस्र्याङ्दी क्लब १२ खेलमा २५ अंक सहित तेस्रो र रुस्लान थ्रि स्टार १२ खेलमा २३ अंकका साथ चौथो स्थानमा रहेका छन् ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.